काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) थाइल्याण्डको क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमामैत्रिपूर्ण खेल खेल्न लागेको हो।
नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ। थाइ क्लबविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ।
नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो।
एसियन कप छनोटमा कुवेत, इन्डोनेसिया र जोर्डनसँगै नेपाल समूह एमा रहेको छ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।