• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

घरआँगनमै सुगर जाँच, मधुमेहसम्बन्धी चेतना फैलाउँदै स्वास्थ्य स्वयंसेविका

रिता लम्साल आइतबार, चैत १३, २०७८  ०७:००
1140x725

पोखरा– पोखरा महानगरपालिका–३१ का प्रजापति गौतमकी आमाको मधुमेहको समस्याका कारण मृत्यु भयो। गौतमका बुबाको मृत्यु भने उच्च रक्तचापको समस्याले भयो। गौतमका एकजना दाइ, भाइ, दिदी र बहिनीलाई पनि मधुमेहको समस्या छ। 

परिवारका सबै सदस्यहरुमा मधुमेहको समस्या छ भन्ने जानकारी पाएकी स्थानीय स्वास्थ्य स्वयंसेविका चन्द्रकला कँडेलले गौतमलाई पनि मधुमेह हुन सक्ने भन्दै रगतमा सुगरको मात्रा परीक्षण गर्न सुझाव दिइन्।

तर गौतमले भने आफूलाई मधुमेह छैन भन्ने ढिपी लिएर बसे। शारीरिक परिश्रम धेरै हुने काम गर्ने भएकाले पनि उनी आफूमा मधुमेहको समस्या छैन भन्नेमा विश्वस्त थिए। तर उनलाई विस्तारै मधुमेहको लक्षण नै देखिन थाल्यो। त्यसपछि भने उनले स्वास्थ्य स्वयंसेविकासँग रगतमा ग्लुकोजको मात्रा परीक्षण गराए। 

स्वयंसेविका कँडेलले आफूसँग भएको ग्लुकोमिटर (सुगर परीक्षण गर्ने एक प्रकारको यन्त्र)ले गौतमको रगतमा सुगरको मात्रा जाँच गरिन। जाँचका क्रममा गौतमको सुगरको मात्रा बढेको पाइयो। त्यसपछि कँडेलले अस्पताल तथा मेडिकलमा गएर पुनः एक पटक परीक्षण गर्न सुझाव दिइन्। 

गौतमले ल्याबको सुविधा भएको स्थानमा गएर फेरि जाँच गराए। जाँचका क्रममा उनमा सुगरको मात्र बढी नै भएको देखियो। त्यसपछि उनले चिकित्सकको सुझाब अनुसार औषधि सेवन गर्न थालेका छन्।‘मलाई डेढवर्ष अघि एकदमै पसिना आउने, उकुसमुकुस हुने भइरहेको थियो, स्वयंसेविका आएर पहिलादेखि नै मधुमेह वा थाइराइड हुनसक्छ भन्नुभएको थियो,  तर मैले मलाई केही समस्या छैन होला भनेर वेवस्ता गरें,’ गौतमले भने, ‘उहाँले धेरै सम्झाए पछि परीक्षण गराएँ, मधुमेह भएको देखियो।’ उनका अनुसार अस्पतालमा गएर जाँच गर्दा मधुमेहसँगै थाइराइड र कोलेस्टेरोलको समस्या पनि देखिएको थियो।

नियमित औषधि सेवनपछि गौतमको सुगरको मात्रा अहिले नियन्त्रणमा छ। उनी आफ्नो नियमित काम गरिरहेका छन्। उनी आफ्ना साथीभाइलाई पनि मधुमेह जाँच गराउन सल्लाह दिने गर्छन्। ‘मैले कामले गर्दा दिनभर अस्पतालमा पुगेर सुगर जाँच गराउन सक्दिनथें,’ उनले भने, ‘स्वयंसेविकाले मेरो यहीँ जाँच गराइदिनु भयो, मलाई सुगर छ भन्ने पत्ता लाग्यो, घरमै सुगर जाँच गर्ने कार्यक्रम त प्रत्येक गाउँमा पुर्‍याउनुपर्छ।’

गौतमजस्तै स्वयंसेविका कँडेले आफ्नो घर वरपरको क्षेत्रमा रहेका स्थानीयको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगिरहन्छिन्। केही स्थानीय उनकै घरमै आइपुग्छन् भने केहीले बाटोमा हिँड्दै गर्दा परीक्षण गर्नुपर्ने भन्दै मधुमेहका विषयमा जिज्ञासा पनि राख्छन्।

स्वयंसेविका कँडेल पनि आफूले मधुमेहका विषयमा तालिममा सिकेका कुराहरु स्थानीयलाई बताउँछिन्। 

Ncell 2
Ncell 2

पोखरा–३३ की ५५ वर्षीया सरस्वती आचार्यलाई पनि स्वास्थ्य स्वयंसेविकाले नै सुगर जाँच गरेकी हुन्। स्वयंसेविकाले नै उनमा मधुमेहको आशंका गरिन्, आफूसँग भएको ग्लुकोमिटरले जाँच गरिन्। त्यसमा सुगर बढेको पाइएपछि नजिकको अस्पतालमा पठाइन्। अस्पतालमै चिकित्सकले थप परीक्षण गर्दा उनमा मधुमेह भएको पुष्टि भयो। आचार्य अहिले मधुमेह नियन्त्रणका लागि नियमित औषधि सेवन गर्छिन्। 

‘परार स्वयंसेविका दिदीले भन्नुभएर जचाउन गएँ, अनि सुगर भएको थाहा भयो,’ आचार्यले भनिन्, ‘अहिले दबाइ (औषधि) खाइरहेको छु।’ स्वयंसेविकाले सल्लाह दिएअनुसार आचार्यले खानेकुरामा पनि ध्यान दिन थालेकी छन्। स्वयंसेविका मार्फत घरमै सुगर जाँच गर्न पाएकी आचार्य अरुलाई पनि समय समयमा सुगर जाँच गर्न सल्लाह दिन्छिन्।

‘स्वयंसेविका दिदीले घरमै नहेरेको भए मलाई सुगर लागेको थाहै हुने थिएन,’ उनले भनिन्, ‘दिदीले गर्दा समयमै पत्ता लाग्यो, औषधि खाएँ, सुगर त सबैले जचाइरहनुपर्ने रहेछ।’आचार्यलाई मधुमेहको विषयमा जानकारी दिने र पहिलो पटक मधुमेह परीक्षण गराउने महिला स्वाथ्य स्वयंसेविका हुन्  ५८ वर्षीया द्धारिकादेवी आचार्य।

आचार्यले नेपाल विकास समाज नामक गैर सरकारी संस्था मार्फत मधुमेह जाँच तथा परामर्श दिँदै आएकी छन्। उनले यसअघि आमा स्वास्थ्य तथा गर्भवती तथा सुत्केरी महिलाको स्याहार, खानपान, परिवार नियोजन, खोप कार्यक्रम लगायतका विषयमा सचेतना दिँदै आएकी थिइन्।

करिब ४ वर्षअघि नेपाल विकास समाज मार्फत मधुमेहको विषयमा जानकारी पाएपछि उनी अहिले गाउँघरमा रहेका सबैलाई मधुमेहको विषयमा चेतना फैलाउँदै हिँडिरहेकी छिन्। ‘नेपाल विकास समाज मार्फत कैसलाई एकपटक कसैलाई ३ पटक सम्म सुगर जाँच गराएँ, अहिले त उहाँहरु हाम्रो पालो कहिले आउँछ भनेर सोध्नुहुन्छ,’ आचार्यले भनिन्, ‘मैल त संस्थाले दिएको सिमित किटले सिमित व्यक्तिलाई मात्र जाँच गर्न पाएँ। कतिपय स्थानीयले त किटको पैसा दिन्छौं, यहीँ किट ल्याएर हेरिदिनुस् पनि भन्नुहुन्छ।’

आफैँले किट किनेर ल्याएका तर परीक्षण गर्न नजानेका व्यक्तिहरुलाई परीक्षण गर्न पनि सिकाएको आचार्यले बताइन्।आफूले किटमार्फत जाँच गर्दा मधुमेहको लक्षण देखिएकाहरुलाई उनी चिकित्सककोमा जान सल्लाह दिन्छिन्।

‘ग्लुकोमिटरमा जाँच गर्दा सुगर लेबल ७ भन्दा माथि देखिएमा मैले चिकित्सककोमा जाँच गर्न जान सल्लाह दिन्छु, धेरैजस्तो जानुहुन्छ,’ उनले भनिन्, ‘खानपिनमा पनि ध्यान दिन सुझाव दिने गरेको छु।’ उनले सल्लाह दिएर आफूलाई मधुमेह भएको जानकारी पाएका व्यक्तिहरु अहिले नियमित चिकित्सकको परामर्श र औषधि लिएर सुगर नियन्त्रण गरिरहेका छन्।

अचार्यले मधुमेह पहिचान गरेका व्यक्तिहरुमा आँखा नदेख्ने, भोक धेरै लाग्ने, थकाइ लाग्ने, शरीर भारी हुने लक्षणहरु सुनाएका थिए। आफूले किटमार्फत जाँच गरेर मधुमेहबारे जानकारी पाएकाहरुले गर्ने माया र स्नेहले आचार्य आफ्नो स्वयंसेवाप्रति सन्तुष्ट छिन्।

स्वयंसेविका आचार्य र कँडेलजस्तै पोखरा महानगरपालिकाको वडा नम्बर २६ देखि ३३ नम्बर गरी ८ वटा वडाका १६६ स्वयंसेविकाहरुलाई नेपाल विकास समाजले मधुमेहका विषयमा जानकारी दिँदै ग्लुकोमिटरबाट सुगर परीक्षणको विषयमा तालिम दिएको छ। तालिम लिएकामध्ये समाजले ६६ जना स्वंमसेविकाहरुलाई ग्लुकोमिटर मार्फत सुगर परीक्षण गर्नका लागि ग्लुकोमिटर उपलब्ध गराएको छ। उनीहरुले आफ्नै टोल छिमेकमा रहेका स्थानीयको सुगर जाँच गर्दै आइरहेका छन्।

समाजको मधुमेह व्यवस्थापन कार्यक्रमका कोअर्डिनेटर पवित्रबाबु सोतीका अनुसार स्वयंसेविकाले घरआँगनमै पुगेर सुगर जाँच गर्नुका साथै मधुमेका विषयमा चेतना फैलाउने काम पनि गर्दै आइरहेका छन्।

‘समुदायमा आधारित कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि रोग पहिचान, सचेतना तथा पराशर्म र रोग लागेकाहरुलाई अस्पतालसम्म रेफर गर्ने काम भइरहेको छ,’ उनले भने। 

उनका अनुसार समाजले तालिम दिएका स्वयंसेविकाहरुले जोखिम मुल्यांकनपछि ८ वटा वडामा गरेर ५ हजार ४८७ जनाको सुगर परीक्षण गरेका छन्। ती मध्ये ५ हजार ८३ जनाको दोस्रो र तेस्रो पटक ४ हजार ८०३ जनाको सुगर परीक्षण भएको छ। समाजले मधुमेहको अवस्था पत्ता लगाउन छनोटमा परेका व्यक्तिको तीन पटक सुगर परीक्षण गरेर विवरण राखेको थियो। ग्लुकोमिटरबाट परीक्षण गरिएकामध्ये ३ सय जनाको एचबीएवानसी परीक्षण समेत गरिएको थियो। सो क्रममा १७ प्रतिशतमा मधुमेहको समस्या पहिचान भएको थियो।

यसका साथै समाजले यी बाहेक २५ वर्षभन्दा माथिका उमेर समूहका थप ४ हजार ६९२ जनाको पनि एक पटकको सुगर जाँच गरेको थियो। जसमा १० दशमलव ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको थियो भने १५ दशमलव ६८ प्रतिशतमा प्रि-डायबिटिजको समस्या देखिएको छ।

समाजले २०१५ देखि २०१६ सम्म गरेको अध्ययनले साबिक लेखनाथ नगरपालिका अन्तर्गत २५ वर्ष देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिसत व्यक्तिमा मधुमेहको समस्या देखिएको थियो।

समाजले स्कुल हेल्थ कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई पनि मधुमेह तथा अन्य नसर्ने रोगको विषयमा तालिम दिएको छ। समाजले पहिलो चरणमा ४३ विद्यालयका ४६ शिक्षक र दोस्रो चरणमा ४७ जना शिक्षकलाई तालिम दिएको छ। तालिम लिएका शिक्षकले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई मधुमेका विषयसहित नसर्ने रोगका विषयमा जानकारी दिने गरेका छन्। ७ हजारभन्दा बढी विद्यार्थीलाई मधुमेह तथा नसर्ने रोगका विषयमा जानकारी दिइएको समाजले जनाएको छ।

न्यलाइट सेकेन्डरी स्कुलका शिक्षक निरज तिमल्सिनाले तालिमले मधुमेहसँगै नसर्ने रोगका विषयमा धेरै जानकारी पाउन सफल भएको बताए। उनले आफूले सिकेको कुरा विद्यार्थीहरुलाई सिकाउन पाउँदा खुशी लागेको बताए।

‘तालिमबाट मेरो जीवशैली तथा खापानमा परिवर्तन भएको छ भने विद्यार्थीलाई समेत स्वस्थ रहने विषयमा सिकाउन पाएको छु,’ उनले भने, ‘मैले विद्यार्थीलाई भनेको कुरा कतिपय अभिभावकले समेत व्यवहारमा लागू गरेको पाएको छु।’ उनले यो कार्यक्रम निकै फलदायी भएकाले सबै विद्यालयमा विस्तार गर्न आवश्यक रहेको जानकारी दिए।

नेपालमा मधुमेहको अवस्था
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ’जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार'का विषयमा गरेको देशव्यापी अध्ययनले नेपालमा ८ दशमलव ५  प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको देखाएको छ। परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने ७ वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेको थियो।

उक्त अध्ययन अनुसार प्रदेश १ मा  ७  दशमलव ७, मधेश प्रदेशमा ८  दशमलव ५, बागमती प्रदेशमा  ११ दशमलव ५, गण्डकी प्रदेशमा ६ दशमलव ७, लुम्बिनी प्रदेशमा ९ दशमलव ६, कर्णाली प्रदेशमा ३ दशमलव २ र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ प्रतिशतमा मधुमेहको समस्या रहेको छ।

विशेष गरि जीवनशैलीमा आएको अस्वस्थ परिवर्तन र फेरिएको खानपिनका कारण जस्तै: गुलियो र नुनिलो धेरै खानु, चिल्लो र बोसोयुक्त खानपिन र अत्याधिक कार्बाेहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढिरहेकोले मधुमेह महामारीको रूपमा फैलिँदै गएको बताइएकाे छ।

मधुमेह के हो?
मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा दिपक मल्लका अनुसार मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो। नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ।  शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। जथाभावी रुपमा खानपान गर्ने, मोटपना र शारीरिक व्यायाम नगर्ने तथा अल्छी भएर बस्नेहरुमा मधुमेह हुने जोखिम बढी हुन्छ।

लक्षण
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने 
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

'मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छ। तर आधा जनसंख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन। पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु। मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ। यी ३ वटा प्रमुख लक्षण हुन्,' डा मल्लले भने।

मधुमेहको उपचार भनेको मानसिक तनाव कम गर्ने, खानापानमा ध्यान दिने, व्यायाम तथा शारीरिक परिश्रम गर्ने अनि मात्र चिकित्सकको सुझाब अनुसार औषधि सेवन गर्ने हो। 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्