• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

घरआँगनमै सुगर जाँच, मधुमेहसम्बन्धी चेतना फैलाउँदै स्वास्थ्य स्वयंसेविका

रिता लम्साल आइतबार, चैत १३, २०७८  ०७:००
1140x725

पोखरा– पोखरा महानगरपालिका–३१ का प्रजापति गौतमकी आमाको मधुमेहको समस्याका कारण मृत्यु भयो। गौतमका बुबाको मृत्यु भने उच्च रक्तचापको समस्याले भयो। गौतमका एकजना दाइ, भाइ, दिदी र बहिनीलाई पनि मधुमेहको समस्या छ। 

परिवारका सबै सदस्यहरुमा मधुमेहको समस्या छ भन्ने जानकारी पाएकी स्थानीय स्वास्थ्य स्वयंसेविका चन्द्रकला कँडेलले गौतमलाई पनि मधुमेह हुन सक्ने भन्दै रगतमा सुगरको मात्रा परीक्षण गर्न सुझाव दिइन्।

तर गौतमले भने आफूलाई मधुमेह छैन भन्ने ढिपी लिएर बसे। शारीरिक परिश्रम धेरै हुने काम गर्ने भएकाले पनि उनी आफूमा मधुमेहको समस्या छैन भन्नेमा विश्वस्त थिए। तर उनलाई विस्तारै मधुमेहको लक्षण नै देखिन थाल्यो। त्यसपछि भने उनले स्वास्थ्य स्वयंसेविकासँग रगतमा ग्लुकोजको मात्रा परीक्षण गराए। 

स्वयंसेविका कँडेलले आफूसँग भएको ग्लुकोमिटर (सुगर परीक्षण गर्ने एक प्रकारको यन्त्र)ले गौतमको रगतमा सुगरको मात्रा जाँच गरिन। जाँचका क्रममा गौतमको सुगरको मात्रा बढेको पाइयो। त्यसपछि कँडेलले अस्पताल तथा मेडिकलमा गएर पुनः एक पटक परीक्षण गर्न सुझाव दिइन्। 

गौतमले ल्याबको सुविधा भएको स्थानमा गएर फेरि जाँच गराए। जाँचका क्रममा उनमा सुगरको मात्र बढी नै भएको देखियो। त्यसपछि उनले चिकित्सकको सुझाब अनुसार औषधि सेवन गर्न थालेका छन्।‘मलाई डेढवर्ष अघि एकदमै पसिना आउने, उकुसमुकुस हुने भइरहेको थियो, स्वयंसेविका आएर पहिलादेखि नै मधुमेह वा थाइराइड हुनसक्छ भन्नुभएको थियो,  तर मैले मलाई केही समस्या छैन होला भनेर वेवस्ता गरें,’ गौतमले भने, ‘उहाँले धेरै सम्झाए पछि परीक्षण गराएँ, मधुमेह भएको देखियो।’ उनका अनुसार अस्पतालमा गएर जाँच गर्दा मधुमेहसँगै थाइराइड र कोलेस्टेरोलको समस्या पनि देखिएको थियो।

नियमित औषधि सेवनपछि गौतमको सुगरको मात्रा अहिले नियन्त्रणमा छ। उनी आफ्नो नियमित काम गरिरहेका छन्। उनी आफ्ना साथीभाइलाई पनि मधुमेह जाँच गराउन सल्लाह दिने गर्छन्। ‘मैले कामले गर्दा दिनभर अस्पतालमा पुगेर सुगर जाँच गराउन सक्दिनथें,’ उनले भने, ‘स्वयंसेविकाले मेरो यहीँ जाँच गराइदिनु भयो, मलाई सुगर छ भन्ने पत्ता लाग्यो, घरमै सुगर जाँच गर्ने कार्यक्रम त प्रत्येक गाउँमा पुर्‍याउनुपर्छ।’

गौतमजस्तै स्वयंसेविका कँडेले आफ्नो घर वरपरको क्षेत्रमा रहेका स्थानीयको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगिरहन्छिन्। केही स्थानीय उनकै घरमै आइपुग्छन् भने केहीले बाटोमा हिँड्दै गर्दा परीक्षण गर्नुपर्ने भन्दै मधुमेहका विषयमा जिज्ञासा पनि राख्छन्।

स्वयंसेविका कँडेल पनि आफूले मधुमेहका विषयमा तालिममा सिकेका कुराहरु स्थानीयलाई बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरा–३३ की ५५ वर्षीया सरस्वती आचार्यलाई पनि स्वास्थ्य स्वयंसेविकाले नै सुगर जाँच गरेकी हुन्। स्वयंसेविकाले नै उनमा मधुमेहको आशंका गरिन्, आफूसँग भएको ग्लुकोमिटरले जाँच गरिन्। त्यसमा सुगर बढेको पाइएपछि नजिकको अस्पतालमा पठाइन्। अस्पतालमै चिकित्सकले थप परीक्षण गर्दा उनमा मधुमेह भएको पुष्टि भयो। आचार्य अहिले मधुमेह नियन्त्रणका लागि नियमित औषधि सेवन गर्छिन्। 

‘परार स्वयंसेविका दिदीले भन्नुभएर जचाउन गएँ, अनि सुगर भएको थाहा भयो,’ आचार्यले भनिन्, ‘अहिले दबाइ (औषधि) खाइरहेको छु।’ स्वयंसेविकाले सल्लाह दिएअनुसार आचार्यले खानेकुरामा पनि ध्यान दिन थालेकी छन्। स्वयंसेविका मार्फत घरमै सुगर जाँच गर्न पाएकी आचार्य अरुलाई पनि समय समयमा सुगर जाँच गर्न सल्लाह दिन्छिन्।

‘स्वयंसेविका दिदीले घरमै नहेरेको भए मलाई सुगर लागेको थाहै हुने थिएन,’ उनले भनिन्, ‘दिदीले गर्दा समयमै पत्ता लाग्यो, औषधि खाएँ, सुगर त सबैले जचाइरहनुपर्ने रहेछ।’आचार्यलाई मधुमेहको विषयमा जानकारी दिने र पहिलो पटक मधुमेह परीक्षण गराउने महिला स्वाथ्य स्वयंसेविका हुन्  ५८ वर्षीया द्धारिकादेवी आचार्य।

आचार्यले नेपाल विकास समाज नामक गैर सरकारी संस्था मार्फत मधुमेह जाँच तथा परामर्श दिँदै आएकी छन्। उनले यसअघि आमा स्वास्थ्य तथा गर्भवती तथा सुत्केरी महिलाको स्याहार, खानपान, परिवार नियोजन, खोप कार्यक्रम लगायतका विषयमा सचेतना दिँदै आएकी थिइन्।

करिब ४ वर्षअघि नेपाल विकास समाज मार्फत मधुमेहको विषयमा जानकारी पाएपछि उनी अहिले गाउँघरमा रहेका सबैलाई मधुमेहको विषयमा चेतना फैलाउँदै हिँडिरहेकी छिन्। ‘नेपाल विकास समाज मार्फत कैसलाई एकपटक कसैलाई ३ पटक सम्म सुगर जाँच गराएँ, अहिले त उहाँहरु हाम्रो पालो कहिले आउँछ भनेर सोध्नुहुन्छ,’ आचार्यले भनिन्, ‘मैल त संस्थाले दिएको सिमित किटले सिमित व्यक्तिलाई मात्र जाँच गर्न पाएँ। कतिपय स्थानीयले त किटको पैसा दिन्छौं, यहीँ किट ल्याएर हेरिदिनुस् पनि भन्नुहुन्छ।’

आफैँले किट किनेर ल्याएका तर परीक्षण गर्न नजानेका व्यक्तिहरुलाई परीक्षण गर्न पनि सिकाएको आचार्यले बताइन्।आफूले किटमार्फत जाँच गर्दा मधुमेहको लक्षण देखिएकाहरुलाई उनी चिकित्सककोमा जान सल्लाह दिन्छिन्।

‘ग्लुकोमिटरमा जाँच गर्दा सुगर लेबल ७ भन्दा माथि देखिएमा मैले चिकित्सककोमा जाँच गर्न जान सल्लाह दिन्छु, धेरैजस्तो जानुहुन्छ,’ उनले भनिन्, ‘खानपिनमा पनि ध्यान दिन सुझाव दिने गरेको छु।’ उनले सल्लाह दिएर आफूलाई मधुमेह भएको जानकारी पाएका व्यक्तिहरु अहिले नियमित चिकित्सकको परामर्श र औषधि लिएर सुगर नियन्त्रण गरिरहेका छन्।

अचार्यले मधुमेह पहिचान गरेका व्यक्तिहरुमा आँखा नदेख्ने, भोक धेरै लाग्ने, थकाइ लाग्ने, शरीर भारी हुने लक्षणहरु सुनाएका थिए। आफूले किटमार्फत जाँच गरेर मधुमेहबारे जानकारी पाएकाहरुले गर्ने माया र स्नेहले आचार्य आफ्नो स्वयंसेवाप्रति सन्तुष्ट छिन्।

स्वयंसेविका आचार्य र कँडेलजस्तै पोखरा महानगरपालिकाको वडा नम्बर २६ देखि ३३ नम्बर गरी ८ वटा वडाका १६६ स्वयंसेविकाहरुलाई नेपाल विकास समाजले मधुमेहका विषयमा जानकारी दिँदै ग्लुकोमिटरबाट सुगर परीक्षणको विषयमा तालिम दिएको छ। तालिम लिएकामध्ये समाजले ६६ जना स्वंमसेविकाहरुलाई ग्लुकोमिटर मार्फत सुगर परीक्षण गर्नका लागि ग्लुकोमिटर उपलब्ध गराएको छ। उनीहरुले आफ्नै टोल छिमेकमा रहेका स्थानीयको सुगर जाँच गर्दै आइरहेका छन्।

समाजको मधुमेह व्यवस्थापन कार्यक्रमका कोअर्डिनेटर पवित्रबाबु सोतीका अनुसार स्वयंसेविकाले घरआँगनमै पुगेर सुगर जाँच गर्नुका साथै मधुमेका विषयमा चेतना फैलाउने काम पनि गर्दै आइरहेका छन्।

‘समुदायमा आधारित कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि रोग पहिचान, सचेतना तथा पराशर्म र रोग लागेकाहरुलाई अस्पतालसम्म रेफर गर्ने काम भइरहेको छ,’ उनले भने। 

उनका अनुसार समाजले तालिम दिएका स्वयंसेविकाहरुले जोखिम मुल्यांकनपछि ८ वटा वडामा गरेर ५ हजार ४८७ जनाको सुगर परीक्षण गरेका छन्। ती मध्ये ५ हजार ८३ जनाको दोस्रो र तेस्रो पटक ४ हजार ८०३ जनाको सुगर परीक्षण भएको छ। समाजले मधुमेहको अवस्था पत्ता लगाउन छनोटमा परेका व्यक्तिको तीन पटक सुगर परीक्षण गरेर विवरण राखेको थियो। ग्लुकोमिटरबाट परीक्षण गरिएकामध्ये ३ सय जनाको एचबीएवानसी परीक्षण समेत गरिएको थियो। सो क्रममा १७ प्रतिशतमा मधुमेहको समस्या पहिचान भएको थियो।

यसका साथै समाजले यी बाहेक २५ वर्षभन्दा माथिका उमेर समूहका थप ४ हजार ६९२ जनाको पनि एक पटकको सुगर जाँच गरेको थियो। जसमा १० दशमलव ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको थियो भने १५ दशमलव ६८ प्रतिशतमा प्रि-डायबिटिजको समस्या देखिएको छ।

समाजले २०१५ देखि २०१६ सम्म गरेको अध्ययनले साबिक लेखनाथ नगरपालिका अन्तर्गत २५ वर्ष देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिसत व्यक्तिमा मधुमेहको समस्या देखिएको थियो।

समाजले स्कुल हेल्थ कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई पनि मधुमेह तथा अन्य नसर्ने रोगको विषयमा तालिम दिएको छ। समाजले पहिलो चरणमा ४३ विद्यालयका ४६ शिक्षक र दोस्रो चरणमा ४७ जना शिक्षकलाई तालिम दिएको छ। तालिम लिएका शिक्षकले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई मधुमेका विषयसहित नसर्ने रोगका विषयमा जानकारी दिने गरेका छन्। ७ हजारभन्दा बढी विद्यार्थीलाई मधुमेह तथा नसर्ने रोगका विषयमा जानकारी दिइएको समाजले जनाएको छ।

न्यलाइट सेकेन्डरी स्कुलका शिक्षक निरज तिमल्सिनाले तालिमले मधुमेहसँगै नसर्ने रोगका विषयमा धेरै जानकारी पाउन सफल भएको बताए। उनले आफूले सिकेको कुरा विद्यार्थीहरुलाई सिकाउन पाउँदा खुशी लागेको बताए।

‘तालिमबाट मेरो जीवशैली तथा खापानमा परिवर्तन भएको छ भने विद्यार्थीलाई समेत स्वस्थ रहने विषयमा सिकाउन पाएको छु,’ उनले भने, ‘मैले विद्यार्थीलाई भनेको कुरा कतिपय अभिभावकले समेत व्यवहारमा लागू गरेको पाएको छु।’ उनले यो कार्यक्रम निकै फलदायी भएकाले सबै विद्यालयमा विस्तार गर्न आवश्यक रहेको जानकारी दिए।

नेपालमा मधुमेहको अवस्था
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ’जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार'का विषयमा गरेको देशव्यापी अध्ययनले नेपालमा ८ दशमलव ५  प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको देखाएको छ। परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने ७ वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेको थियो।

उक्त अध्ययन अनुसार प्रदेश १ मा  ७  दशमलव ७, मधेश प्रदेशमा ८  दशमलव ५, बागमती प्रदेशमा  ११ दशमलव ५, गण्डकी प्रदेशमा ६ दशमलव ७, लुम्बिनी प्रदेशमा ९ दशमलव ६, कर्णाली प्रदेशमा ३ दशमलव २ र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ प्रतिशतमा मधुमेहको समस्या रहेको छ।

विशेष गरि जीवनशैलीमा आएको अस्वस्थ परिवर्तन र फेरिएको खानपिनका कारण जस्तै: गुलियो र नुनिलो धेरै खानु, चिल्लो र बोसोयुक्त खानपिन र अत्याधिक कार्बाेहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढिरहेकोले मधुमेह महामारीको रूपमा फैलिँदै गएको बताइएकाे छ।

मधुमेह के हो?
मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा दिपक मल्लका अनुसार मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो। नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ।  शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। जथाभावी रुपमा खानपान गर्ने, मोटपना र शारीरिक व्यायाम नगर्ने तथा अल्छी भएर बस्नेहरुमा मधुमेह हुने जोखिम बढी हुन्छ।

लक्षण
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने 
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

'मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छ। तर आधा जनसंख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन। पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु। मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ। यी ३ वटा प्रमुख लक्षण हुन्,' डा मल्लले भने।

मधुमेहको उपचार भनेको मानसिक तनाव कम गर्ने, खानापानमा ध्यान दिने, व्यायाम तथा शारीरिक परिश्रम गर्ने अनि मात्र चिकित्सकको सुझाब अनुसार औषधि सेवन गर्ने हो। 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज
गण्डकीमा मन्त्रालयको जिम्मेवारी फेरबदल, देवकोटालाई ऊर्जा र न्यौपानेलाई भौतिक
बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज बुधबार, भदौ १७, २०८३
गण्डकीमा मन्त्रालयको जिम्मेवारी फेरबदल, देवकोटालाई ऊर्जा र न्यौपानेलाई भौतिक बुधबार, भदौ १७, २०८३
बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीका सम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
गगनविरुद्धको समूहको बैठक बस्दै, देउवा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने तयारी बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्