काठमाडौं- विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको छ। अर्जेन्टिनाको जीतमा निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक/एक गोल गरे।
खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। ७९ औं मिनेटमा डी मारियाले गोल गर्दा ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए।
यस जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ। विश्वकपमा यस अघि नै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।