काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा पार्टी छाडेर जानेहरुलाई पराजित गर्नुपर्ने बताएका छन्। हिजो (शुक्रबार) एमाले उदयपुरको गाइघाटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुलाई सो आग्रह गरेका हुन्।
'अब वैशाख ३० गते निर्वाचन आउँदैछ। यस निर्वाचनबाट पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने बेला यही हो', ओलीले भने।
उनले पिलो निचोरिँदैमा शरीरको वजन नघट्ने दोहोर्याए। 'जीवन शर्मा भन्ने गायकले गीत गाउनुभएको छ, पिलो निचोरिदैमा वजन घटेको हुन्न। यी पिलोहरु निचोरिएर बाहिर निस्किए, पाकेका पिलो निस्किएर शरीरको वजन घटेको हुँदैन। नेकपा घटेको होइन। पिलो दुख्न छाडेपछि निचोरेपछि दुईचार किलो तौल बढेको छ', उनको भनाइ थियो।
ओलीले हरेश नखान र निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे। उनले उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।