काठमाडौं- धादिङ र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित ग¥यो। धादिङका कमला घले, रितु घले र सजिना राईले गोल गरे। दोलखाकी सम्झना पाण्डेले गोल फर्काइन्।
दोश्रो सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ गोलले हरायो। मकवानपुरकी पूजा लामाले ह्याट्रिक गर्दा सन्जिता बमजनले १ गोल थपिन्। सिन्धुलीकी वितिशा बमजनले सान्त्वना गोल गरिन्। फाइनल शनिबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।