फाइल तस्बिर।
काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा टुसाल युथ क्लबले वीरगञ्ज युनाइटेडमाथि फराकिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा टुसालले वीरगञ्जलाई ४–० गोलले पराजित गरेको हो। टुसालको जितमा जिलेस्पी जंगकार्की र ओमप्रकाश रोकाले समान दुई गोल गरे।
खेलको २४औं मिनेटमा जिलेस्पीले गरेको गोलबाट टुसालले अग्रता बनाएको थियो। ६४औं मिनेटमा रोकाले गोल गर्दै टुसाललको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि राकाले नै टुसललाई ३–० को अग्रता दिलाए।
यस्तै, खेल सकिन एक मिनेट बाँकी रहँदा जिलेस्पीले गोल गर्दै टुसाललाई ४–० को फराकिलो जित दिलाए।
जितसँगै ८ खेलबाट ११ अंक जोडेको टुसाल अंक तालिकाको छैटौं स्थानमा छ। यस्तै, समान खेल खेलेको विरगंजले १० अंक जोडेको छ।
ब्वाइज युनियन र बाँसबारीले अंक बाँडे
शुक्रबारको दोस्रो खेलमा ब्वाइज युनियन र बाँसबारी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको ७६औं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा रोशन सुनारले गोल गर्दै बाँसबारीलाई हारबाट जोगाए।
बराबरीसँगै ८ खेलबाट पाँच अंक जोडेको ब्वाइज युनियनमाथि रेलिगेशनको दबाब थपिएको छ। ब्वाइज अंक तालिककाको पुछारमा छ। यस्तै, समान खेल खेलेको बाँसबारीले ९ अंक जोडेको छ।
लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।