काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच छलफल भएको छ।
उनीहरूबीच शुक्रबार बिहान आधा घण्टासम्म छलफल भएको हो।
छलफलमा नेपाल विद्यार्थी संघ र तरुण दलमा भएको नियुक्तिबारे कुराकानी भएको थियो। देउवाले पार्टीभित्र छलफल नगरी एकलौटी रूपा नेविसंघ र तरुण दलको सभापति नियुक्त गरेको भन्दै शेखर समूह असन्तुष्ट छ।
सोही विषयमा देउवा र कोइरालाबीच बालुवाटारमा छलफल भएको बताइएको छ। भेटमा शेखरले समानान्तर समिति बनाउन आफूमाथि दबाब आएको बताएका थिए।
जवाफमा देउवाले आफूले मिलाएर अघि बढ्ने भन्दै समानान्तर समिति नबनाउन आग्रह गरेका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।