काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले छुट्टै छलफल बोलाएका छन्। शुक्रबार पौडेल निवास बोहराटारमा केही समयदेखि बसिरहेको हो।
बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु, नेताहरु शशांक कोइराला, दीपक गिरी, मधु आचार्य र पौडेलनिकट केही जिल्ला सभापतिहरु सहभागी छन्।
दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकका लागि आफ्नो पक्षको धारणा तय गर्न पौडेलले छलफल बलाएका हुन्।
स्थानीय तहको आगामी निर्वाचनमा टिकट तय गर्ने केन्द्रीय संसदीय समिति गठन हुँदैछ। उक्त समितको गठन, गठबन्धन, कांग्रेसको अवस्थाका बारेमा समिक्षा र उम्मेदवारका मापदण्डलगायतमा छलफल हुने अजेन्डा तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।