काठमाडौं– फरवार्ड ग्यारेथ बेलको दुई गोल सहयोगमा वेल्स फिफा विश्वकप २०२२ को छनोट नजिक पुगेको छ। प्ले अफको सेमिफाइनलमा अष्ट्रियालाई पराजित गर्दै वेल्स विश्वकप छनोट नजिक पुगेको हो।
कार्डिफ सिटीमा बिहीबार राति सम्पन्न खेलमा वेल्सले अष्ट्रियालाई २–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो। खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए।
खेलको ५१औं मिनेटमा विन डाभिसको पासमा बेलले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे।
खेलको ६४औं मिनेटमा मार्सल सवित्जरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा खेल वेल्सले आफ्नो पक्षमा पार्न सफल भयो।
प्ले अफकै सेमिफाइनलको अर्काे खेलमा स्वीडेनले अतिरिक्त समयमा चेक रिपब्लिकलाई १–० ले पराजित गरेको छ। स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।