काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन भएका छन्। आगामी स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार पार्ने समितिको संयोजकमा थापा मनोनयन भएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाले थापालाई घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेका हुन्।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णयानुसार देउवालाई थापालाई संयोजक मनोनयन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।