• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्यायाधीश सिफारिस भएका मुख्य रजिष्ट्रार कुँवरले किन छाड्न मानेनन् सर्वोच्च?

64x64
नेपाल लाइभ शुक्रबार, चैत ११, २०७८  ०९:०१
1140x725

काठमाडौं– गत फागुन २६ गते न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त एक न्यायाधीशमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्न सिफारिस गर्‍यो। सँगै, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्‍यो। 

तर, यो सिफारिस अहिले अलपत्र छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठ न्यायाधीश मीरा खड्का, न्याय परिषद्का सदस्यहरु रामप्रसाद श्रेष्ठ र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू सम्मिलित बैठकले उक्त निर्णय गरेको थियो। परिषद्को निर्णयपछि चैत ४ गते लिखित निवेदन दिँदै कुँवरले आफू न्यायाधीशमा नजाने जानकारी गराए।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार मुख्य सचिव सरहको पद भएको र मुख्य न्यायाधीशमा सिफारिस हुने प्रचलन रहेको अवस्थामा आफूलाई अन्याय हुने गरि उच्च अदालतको न्यायाधीशमा मात्र सिफारिस गरिएको भन्दै उनले अस्वीकार गर्ने निवेदन दिएका थिए। 

कुँवरमाथि आरोपै आरोप : राणालाई सहयोगदेखि बार आन्दोलन दमन गरेकोसम्म
सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहँदा विवादित काम गरेको भन्दै चोलेन्द्र शमशेर राणाविरुद्ध सहकर्मी न्यायाधीश र कानुन व्यवासायीहरू आन्दोलनमा उत्रिए। विचौलियाहरुलाई सहयोग गरेको र सर्वोच्च अदालतको भ्रष्टाचार न्यूनीकरणमा कुनै भूमिका निर्वाह नगरेको भन्दै कात्तिक ८ गतेदेखि राणाविरुद्ध आन्दोलन सुरु भएको थियो। 

न्यायाधीशहरुले ४० दिनसम्म राणाले तोकेको पेसीका मुद्दा हेरेनन्। राणासँग न्यायाधीशहरुले सामूहिक भेट गर्दै सर्वोच्च अदालत विवादित हुदै गएकाले मार्ग प्रशस्त गर्न आग्रह गरे। तर, प्रधानन्यायाधीश राणाले उल्टै विवादमा परेका सबै न्यायाधीशहरुले राजीनामा दिने हो भने आफूपनि तयार रहेको जवाफ दिए। उनले घुमाउरो रुपमा प्रतिनिधि सभा विघटन गर्ने अरु चार न्यायाधीशको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेको बोली बोले। 

एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा आन्दोलन सुरु भएलगत्तै गरेको टिप्पणीमा पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भए प्रतिनिधि सभा विघटन बदरको फैसला गर्ने न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने भनेका थिए। राणाले पनि ओलीकै बोली बोलेपछि न्यायाधीशहरु झन् झस्किए। त्यसबीचमा राणाले आफ्नो एकल इजलास राख्दै केही मुद्दा पनि सुनुवाइ गरे। 

उक्त समयमा सर्वोच्च अदालतको प्रशासनले सहयोग गरेका कारण राणाले मुद्दा सुनुवाइ गरिरहेका न्यायाधीशहरूको बुझाइ थियो। आन्दोलन चलिरहँदा न्यायाधीशहरुले राणाविरुद्ध कर्मचारीहरुको पनि साथ खोजेका थिए। तर, मुख्य रजिष्ट्रार कुँवर राणातिर नै ढल्केको र अन्य कर्मचारीले पनि साथ नदिएपछि आफूहरु बन्दीका मुद्दा सुनुवाइ गर्ने नाममा पछाडी हट्न परेको आन्दोलनरत न्यायाधीशहरुको बुझाइ थियो।

मुख्य रजिष्ट्रार कुँवरले निलम्बित प्रधानन्यायाधीश राणाको अनुकूलमा काम गरेको आन्दोलनरत एक न्यायाधीशले दाबी नै गरे। उनले मुख्य रजिष्ट्रारले प्रशासनिक काममा सहयोग गर्नेदेखि बालुवाटार मुद्दामा पेसी तोक्ने कार्यसम्म विवादित व्यक्तिलाई सर्मथन गरेको प्रष्ट नै देखिएको ती न्यायाधीशले दाबी गरे। त्यस्तै, प्रधानन्यायाधीश राणा कोभिड संक्रमण भएर सशस्त्र प्रहरीको अस्पतालमा बस्दा कामु नतोक्नेदेखि उनलाई फर्काउने कार्यसम्ममा प्रशासनमा बसेर मुख्य रजिष्ट्रारले नै काम गरेको ती न्यायाधीशको आरोप छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एक सय दिनभन्दा लामो आन्दोलन गरेको नेपाल बारको आन्दोलन दमन गर्ने कार्यमा पनि मुख्य रजिष्ट्रारको भूमिका रहेको बुझाइ कामु प्रधानन्यायाधीश कार्कीको रहेको ती न्यायाधीशले बताए। अदालतको एक अभिन्न अंग रहेका कानुन व्यवसायीलाई दमन गर्न राणासँग मुख्य रजिष्ट्रारले पनि सहयोग गरेकै कारण सशस्त्रले दमन गरेको कार्कीले आफ्ना सहकर्मीलाई ‘श्यर’ गरेका थिए। 

अदालतभित्र सशस्त्र प्रहरी भित्र्याएर हतियारसहित दमन गर्ने कार्यले राणालाई सहयोग गरेको, अदालतको बदनाम भएको भन्दै अन्दोलनरत न्यायाधीशहरुले सर्वोच्च प्रशासनसँग तत्कालीन समयमा असन्तुष्टि समेत व्यक्त गरेका थिए।

त्यस्तै, बारले पटक–पटक ध्यानाकर्षण गर्दै दमनको विरोध गरेको थियो। कानुन व्यवसायीहरुको आन्दोलनको दमनमा सुरक्षा बल परिचालन गरेको लगायतको आरोपमा असन्तुष्ट अहिलेको नेतृत्वले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सीमित गरेर सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का एक सदस्यले बताए। कुँवरले भने आफूले कुनै गल्ती नगरेको र कारबाही पनि गर्न नसक्ने भएकाले उच्च अदालतको न्यायाधीशमा जानुभन्दा बरु सर्वोच्च अदालतको रजिष्ट्रार पदमै रहने भनी प्रधानन्यायाधीशलाई निवेदन लेखेका थिए।

मुख्य रजिष्ट्रार एउटा मात्रै पद भएकाले अन्यत्र सरुवा गर्न मिल्दैन। दैनिक कार्यसम्पादनका क्रममा कुनै त्रुटी वा गलत काम गरेको अवस्था बाहेक उनीमाथि कारबाही गर्ने कानुन व्यवस्था समेत रहेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यायाधीशको पद स्वेच्छिक भएकाले उनले त्यसलाई अस्वीकार गरेर सर्वोच्च अदालतमै मुख्य रजिष्ट्रारको रुपमा रहने निर्णय गर्न पाउँछन्। कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेकोमा सर्वोच्च अदालतका केही कर्मचारी समेत असन्तुष्ट छन्।

चार मुख्य रजिष्ट्रार, तीन मुख्य, एक न्यायाधीश 
सर्वोच्च अदालतमा २०७४ सालमा मुख्य रजिष्ट्रारको सुरुवात भएको थियो। निजामती प्रशासनमा मुख्यसचिव जस्तै न्याय, कानुन र सरकारी वकिल समूहको सर्वोच्च पदको रुपमा मुख्य रजिष्ट्रार बनाइएको थियो। तर, हालसम्म एक पटकमात्र सरकारी वकिल समूहबाट मुख्य रजिष्ट्रार हुने मौका मिलेको छ।

कुँवरलाई मुख्य रजिष्ट्रार नियुक्ती गर्ने समयमा पनि सरकारी वकिल समूहमा उनीभन्दा वरिष्ठ धेरै थिए। तर, राणाले उनलाई हतार हतार कामु दिँदै बढुवा गरेका थिए। तत्कालीन समयमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय लगायत उनीभन्दा वरीयतामा माथि रहेका थिए। 

त्यस्तै, नारायण पन्थी र देवेन्द्र ढकाल पनि उक्त पदका लागि प्रतिस्पर्धी रहेका थिए। सरकारी वकिल समूहबाट सर्वोच्च प्रवेश गरेका राजन भट्टराईलाई उच्च अदालतको न्यायाधीश मात्र बनाइयो। पहिलो मुख्य रजिष्ट्रार भएका नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भएका थिए। 

२०७४ असार २२ गते  नहकुल सुवेदी मुख्य रजिष्ट्रार भएका थिए। हाल उनी सर्वोच्च अदालतका न्यायाधीश छन्। २०७४ माघ २८ गते मुख्य रजिष्ट्रार भएका राजन भट्टराई हाल उच्च अदालत विराटनगरका न्यायाधीश छन्।  

त्यस्तै, उनीपछि २०७५ माघ १५ गते नृपध्वज निरौला मुख्य रजिष्ट्रार भए। उनी पनि २०७७ साल माघमा मुख्य न्यायाधीश नियुक्त भएर उच्च अदालत गए। उनी हाल उच्च अदालत दिपायलमा छन्। निरौलापछि २०७७ माघ २५ गते कुँवरले मुख्य रजिष्ट्रारको जिम्मेवारी पाएका थिए।   

न्यायाधीश नगए के हुन्छ नियुक्ती?
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले मुख्य रजिष्ट्रार रहेका व्यक्तिहरुलाई मुख्य न्यायाधीश बनाउने चलन नै गलत भएकाले कामु प्रधानन्यायाधीश कार्कीले त्यसलाई सच्चाएको बताए। 

कामु प्रधानन्यायाधीश कार्कीले अघिल्लो पटकका मुख्य रजिष्ट्रार निरौलालाई मुख्य न्यायाधीश सिफारिस गर्दा न्याय परिषद्को बैठकमा आपत्ति जनाएका थिए। उनले परिषद्को बैठकमै ‘नोट अफ डिसेन्ट’ लेख्न खोजेका थिए। तर, उक्त समयमा अरु सदस्यले नमानेपछि उनी यसबाट पछि हटेका थिए। 

‘मुख्य रजिष्ट्रारले इच्छा लागे न्यायाधीशमा जाने/नजाने हो। बाहिरबाट हेर्दा प्रधानन्यायधीशसँग मनमुटाव देखियो। तर, यसलाई सुधारकै रुपमा लिनुपर्छ’,  कार्कीले भने ‘मुख्य कुरा यसलाई नियुक्तीको थलो बनाउनु हुँदैन थियो। कति लामो समयदेखि न्यायाधीश भएका व्यक्तिलाई उछिनेर नियुक्ती गर्दा समस्या भएको थियो।’ 

कामु प्रधानन्यायाधीश कार्कीले गलत परम्परालाई सुधार गरेको आफूलाई लागेको विशेषका पूर्वअध्यक्ष कार्कीले बताए। 

‘मुख्य रजिष्ट्रार मुख्य न्यायाधीश भएर जाने भनेर सिर्जना भएको पद नै हैन’, उनले भने, ‘यो विवाद जसले सुरु गरे त्यहीँ गलत थियो। अब सुधारको थालनी भएकाले सुधारमै लैजान पर्छ।’ 

को–को छन् मुख्य रजिष्ट्रारको दाबेदार? 
सर्वोच्च अदालत ऐन २०४८ मा अदालतको प्रशासकीय प्रमुखको रुपमा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार रहने व्यवस्था गरिएको छ। पहिले रजिष्टार नै प्रशासकीय प्रमुख हुने गरेकोमा २०७५ माघदेखि मुख्य रजिष्ट्रारको व्यवस्था गरिएको हो। 

कुँवर सर्वोच्च अदालतको चौंथो मुख्य रजिष्ट्रार हुन्। कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएमा सर्वोच्चमा नयाँ रजिष्ट्रार नियुक्त गर्नुपर्ने छ। न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रारको नाम सिफारिस गर्नुपर्ने हुन्छ।

न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नियुक्त गर्न सकिन्छ। कुँवरपछि मुख्य रजिष्ट्रार नियुक्त गर्नुपर्ने अवस्थामा वरिष्ठताका आधारमा हाल कृष्णजीवी घिमिरे, पदमप्रसाद पाण्डे, विश्वराज कोइराला रोलक्रममा छन्। 

यस्तै, देवेन्द्र ढकाल र नारायण पन्थी पनि मुख्य रजिष्ट्रारको लाइनमा छन्। यीमध्ये कुनै एक जनालाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बत... शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्