काठमाडौ- चीन सरकारले तातोपानी नाकासमेत बन्द गरेको छ । रसुवागढीमा आएको बाढीपछि चीन सरकारले अर्को नजिककाे नाका बन्द गर्ने सूचना जारी गरेकाे हाे ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरेर यस्तो जानकारी दिइएको हो । यो नाका रसुवा बन्दभएपछि नजिकको आसा रहेको स्थान थियो । केही भागमा मर्मत गरेमा चल्न सक्ने अवस्थामा भएपनि चीन सरकारले एक्कासी यस्तो निर्णय लिएको हो ।
जसमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ । यसबारे थप जानकारी छैन । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो ।
तर, उक्त नाकासमेत बन्द भएपछि नेपाल-चीन व्यापारको विकल्प साघुँरिएको छ । दशै र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई निकै असर पर्ने भएको छ ।
अब मुस्ताङस्थित कोरला नाकामात्र सञ्चालनमा छ । तोपानी भन्सार कार्यालयका अनुसार अहिले नेपालतर्फ सडक सामान्य चलिरहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।