काठमाडौं– श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहीबार भएको खेलमा श्री कुमारीले खुमलटार युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
श्री कुमारीलाई जित दिलाउन सृजन राज गौतमले निर्णायक गोल गरे। सृजनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
जितसँगै श्री कुमारीले ८ खेलबाट १० अंक जोडेको छ। यता, पराजित खुमलटारको ८ खेलमा भने ९ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।