काठमाडौं- नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि कार्यदल गठन गरिएको छ।
बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि निर्णय सम्बन्धमा जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको अन्तिम मस्यौदा पार्टीको केन्द्रीय सचिवालय समक्ष प्रस्तुत गर्ने जिम्मेवारी दिइएको बताए।
कार्यदलमा एमालेका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोरखेलको संयोजकत्वमा उपाध्यक्ष तथा स्थानीय तहका संयोजक युवराज ज्ञवाली, उपमहासचिव तथा स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल, पोलिटब्युरो सदस्य तथा स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पार्टीका मधेस प्रदेशका सहइन्चार्ज प्रभु साह लगायत छन्।
त्यस्तै, बुद्धिजीवी परिषद् इन्चार्ज मजुञ्जन थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटा र इन्जिनियर सुशील ज्ञवालीलाई विज्ञका रुपमा राखेर हामीले हामीले घोषणापत्र मस्यौदा कार्यदल बनाएको रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।