काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले तयारी गरिरहेको बताएका छन्। बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै देउवाले सो बताएका हुन्।
'देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ। निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो। यसलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी सरकारले निर्वाचन तयारी कार्यहरु अघि बढाइरहेको छ,' उनले भने।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताए।
देउवाले स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने सरकार भएकाले यसका काम कारबाही आम नागरिकले नजिकबाट नियालिरहेका हुने भएकाले स्थानीय सरकारले पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।