फाइल तस्बिर
काठमाडौं– एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले आज (बिहीबार) थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । यसअघि सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेलखेलेको थियो।
थाइल्यान्डसँगको खेल एसिया कप छनोटका लागि निकै उपयोगी हुने नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।
थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो।
यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो।
नेपाली टोली
किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।