काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बाँसबारी क्लबले दोस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बुधबार भएको खेलमा बाँसबारीले श्री भगवती क्लबलाई २–१ ले पराजित गरेको हो।
बाँसबारीको जितमा राजेश पौडेल र विके राईले एक–एक गोल गरे। श्री भगवतीका लागि एकमात्र गोल दामोदर थापा क्षेत्रीले गरे।
५२औं मिनेटमा राजेशले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाए। ६९औं मिनेटमा दामोदरले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
तर, ८२औं मिनेटमा विके राईले पेनाल्टीमार्फत गोल गरेपछि बाँसबारीले २-१ को जित निकाल्यो।
जितसँगै ७ खेलबाट ९ अंक जोडेको बाँसबारी लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
श्री भगवती ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।