काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेशहरुको रिपोर्टिङ सकिएको छ। लुम्बिनी प्रदेशको तर्फबाट अध्यक्ष राधाकृष्ण कँडेलले रिपोर्टिङ गरेका हुन्।
कँडेलले लुम्बिनी प्रदेशका ९ जिल्लामा एमाले बलियो र २ जिल्लामा माओवादी केन्द्र बलियो रहेको बताएका हुन्। कपिलवस्तुमा एमाले र कांग्रेस बराबरी हैसियतको सरकार भएता पनि कांग्रेस पहिलो शक्ति रहेको उनको रिपोर्टिङ छ।
लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहमध्ये ६५ मा एमालेले जित्ने उनको भनाइ छ। तर गठबन्धन भएको स्थितिमा ४१ वटामा मात्रै जित्ने उनको रिपोर्टिङ छ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। जसमा ४ उप-महानगरहरू, ३२ नगरपालिका र ७३ गाउँपालिकाहरू छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।