काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। भर्खरै सुरु भएकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गरिरहेका छन्।
पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको बैठक आजदेखि बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो। बैठक विशेष गरी आसन्न स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहनेछ।
बैठकको मुख्य अजेन्डामा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत रहेका छन्।
स्थानीय तह निार्वचनका विषयमा छलफल गर्न र मापदण्ड बनाउन यसअघि पार्टीको सचिवालय र पोलिटब्युरो बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।