काठमाडौं– भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दै छ।
जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको थियो। भरत, नेपाल र बंगलादेश सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन। ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।