• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टीले मधेश प्रदेशमा आयोजना गरेका कार्यक्रममा किन जाँदैनन् मातृका यादव?

64x64
नेपाल लाइभ बुधबार, चैत ९, २०७८  ०८:३०
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता एवम पूर्वमन्त्री मातृका यादव पार्टीले आयोजना गर्ने प्रायः कार्यक्रममा अनुपस्थित हुन्छन्। पार्टीले मधेश प्रदेशमा आयोजना गर्ने ठूला कार्यक्रममा यादव सहभागी हुँदैनन्।

मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा पनि उनी अनुपस्थित रहे। मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रायः नेता उपस्थित भएको कार्यक्रममा यादवलाई नदेख्दा प्रतिनिधिले अचम्म मानेका छन्।

जनकपुरको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज गणेश साह, सह–इन्चार्ज विश्वनाथ साह, प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीलगायत प्रदेशभरका नेता तथा कार्यकर्ता सहभागी थिए। तर, मधेशबाट प्रतिनिधित्व गर्ने माओवादीका नेता यादवले सहभागी भएनन्। 

उनी तत्कालीन नेकपा हुँदादेखि नै मधेश प्रदेशका कार्यक्रममा अनुपस्थित हुन्थे। पार्टीमा रघुवीर महासेठलाई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले प्रभु साहलाई बढ्दा संरक्षण गरेको भन्दै उनी असन्तष्ट थिए। ओली  तथा प्रचण्ड दुबैले वास्ता नगरेको भन्दै उनी पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन छाडे। 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई  पुरानै अवस्थामा फर्काएपछि  उनी मधेश प्रदेशका कार्यक्रममा ठ्याम्मै जान छोडेका छन्। ‘पार्टीले आयोजना गर्ने मधेश प्रदेशका कार्यक्रममा मातृका जीले उपस्थित नै जनाउनु भएको छैन। संयोगवस उहाँ मधेशमै भएकाबेला कार्यक्रम भयो भने देखिए जस्तो गरेर फुत्किनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘उहाँका असन्तुष्टिहरु धेरै छन्। फोनमा भन्न मिल्दैन भेट्ने अवसर मिलेमा भन्छु।’ मधेशमा पार्टीले आयोजना गर्ने कार्यक्रममा यादवलाई एलर्जी नै हुने गरेको ती केन्द्रीय सदस्यको आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

यादवको असन्तुष्टि प्रदेश कमिटी गठन हुँदा बढ्दै गएको उनी निकट एक केन्द्रीय सदस्यले बताए। ‘प्रदेश कमिटी इन्चार्ज नारायणकाजी श्रेष्ठ निकट गिरिराजमणि पोखरेल हुन खोजेका थिए। त्यसबेला उहाँलाई बनाउन हुँदैन। मधेशमा मधेशी फेस हुनुपर्छ भन्दै मान्नु भएन,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँ(मातृका यादव)लाई उनीहरु(नारायणकाजी श्रेष्ठ)निकटले स्वीकार गर्ने कुरै भएन। त्यसपछि विकल्पका रूपमा गणेश साह इन्चार्ज हुनुभयो।’

साहले समेत दुबैपक्षलाई मिलाउने गरी इन्चार्जको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनीसँग यादव पछिल्लो समय रुष्ट  छन्। श्रेष्ठ निकटबाट पोखरेल इन्चार्ज हुन नसकेपछि प्रह्लाद बुढाथोकीलाई अध्यक्ष बनाइयो। विवादका बीच पार्टीबाट इन्चार्ज, अध्यक्ष र सचिव बनाएपनि प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व आउन सकेको छैन। 

सबै प्रदेशमा नयाँ नेतृत्वसहित पदाधिकारी टुंगो लागिसके पनि मधेश प्रदेशमा विवादका कारण टुंगो लाग्न सकेको छैन। यादव र श्रेष्ठ गुटका नेता भिड्ने गरेकाले साहले दुबै पक्षका नेता मिलाउन नसक्दा कमिटीले पूर्णता पाउन नसकेको एक नेताले बताए।

मधेश प्रदेशमा श्रेष्ठ निकटको पकट बलियो छ। त्यसैले उनीहरु मेधस प्रदेशमा बढ्ता भाग खोज्छन्। त्यसमा श्रेष्ठ पक्षले यादवलाई क्रस गर्न थालेपछि विवाद बढ्ने गरेको छ। महोत्तरीको बर्दिवासमा सहिद रामवृक्ष यादवको सालिक उखाडेर गिरिराजमणि पोखरेलले फालेको भन्दै यादवले चर्को विरोध जनाए। सहिदको सालिक फालेर अपमान गरेको भन्दै महाधिवेशनमा यादवपक्षका नेता सत्यनाराण भगतले राजनीतिक अपराध गरेको आरोप लगाएपछि बैठक नै रोकिन पुग्यो। अन्तमा भगतले माफी नै मागेपछि बैठक सुरु भयो। त्यो विवादमा समेत प्रचण्डले श्रेष्ठपक्षका नेताहरुलाई संरक्षण गरेको भन्दै यादव असन्तुष्ट छन्। 

पार्टी केन्द्रीय समितिमा मधेश प्रदेशबाट कम समेटिएको भन्दै यादवले असन्तष्टि जनाएका थिए। त्यसमा प्रायः श्रेष्ठ निकट नेताहरु मात्रै समेटिएको भन्दै प्रचण्डसँग चिढिएका छन्। त्यसमा पनि प्रचण्डले श्रेष्ठ निकट नेताहरुलाई बोकेको भन्दै उनीहरु असन्तुष्ट छन्। श्रेष्ठसँग पार्टी एकता भएको १२÷१३ वर्ष हुँदासमेत एउटै पार्टीमा दुई पार्टी चलाएको भन्दै यादवले लगातार विरोध जनाउँदै आएका छन्। माओवादी पार्टीमा एकतामा आएपछि १२÷१३ वर्षसम्म मिसिन नसक्ने कस्तो खालको एकता भन्दै यादवले सार्वजनिक कार्यक्रममा समेत असन्तुष्टि जनाउने गरेका छन्। 

प्रचण्डले श्रेष्ठपक्षका नेतालाई बढ्ता संरक्षण गरेको आरोप लगाएपनि प्रचण्डको सार्वजनिक रुपमा आलोचना भने गरेका छैनन्। प्रायः प्रचण्डलाई नियमित भेट्ने नेतामा पर्छन् यादव। प्रचण्डको परिवारसँग पनि उनी नजिक छन्। प्रायः सार्वजनिक कार्यक्रममा प्रचण्डको दरो संरक्षण गरेर प्रतिवाद गर्छन्। तर, मधेश प्रदेशको सवालमा प्रचण्डले आफूलाई अन्याय गरेको भन्दै सार्वजनिक कार्यक्रमा अनुपस्थित हुन्छन्। त्यस वारेमा प्रचण्डले समेत सार्वजनिक रुपमा यादवको आलोचना गरेका छैनन्।


 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्