फाइल तस्बिर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको बैठक आजदेखि सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। बैठक विशेष गरी आसन्न स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने उनले बताए।
बैठकको मुख्य अजेन्डामा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत रहेका छन्।
स्थानीय तह निार्वचनका विषयमा छलफल गर्न र मापदण्ड बनाउन यसअघि पार्टीको सचिवालय र पोलिटब्युरो बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।