• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसरी हुन सक्छ कम्युनिस्ट पार्टीहरुबीच एकता

घनश्याम भूसाल मंगलबार, चैत ८, २०७८  २०:५४
1140x725

मैले केही दिन अगाडि कान्तिपुर दैनिकमा कम्युनिस्ट आन्दोलनले अहिले झेलिरहेको समस्यालाई मध्यनजर गरेर 'कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश' भन्ने लेख लेखेको थिएँ। त्यसमा चर्चा, क्रिया र प्रतिक्रिया भइरहेका छन्। हिजो (सोमबार) बसेको नेकपा एमालेको पोलिटब्यूरो बैठकमा पनि मैले त्यो (कम्युनिस्ट पार्टीहरुको एकता) प्रस्ताव राखेको थिएँ। खासगरी कम्युनिस्ट आन्दोलन अप्ठ्यारो अवस्थामा छ, यसलाई रक्षा र विकास गर्नका लागि कम्युनिस्ट पार्टीहरुका बीचमा समझदारी र एकताको प्रक्रियाबाट अगाडि जानुपर्छ भन्ने सन्दर्भमा आफ्नो कुरा राखेको थिएँ।

कम्युनिस्ट एकताको कुरा गर्दा मेरो चासो हाम्रो मुलुकको राजनीतिमा लोकतान्त्रिक स्थिरतासँग सम्बन्धित छ। हाम्रोमा एउटा विरोधाभाष रहेको छ, कहिले लोकतन्त्र हुने तर स्थिरता नहुने, कहिले स्थिरताको नाममा निरंकुशता हुने तर लोकतन्त्र नहुने। हाम्रो मुलुक गएको ७० वर्षमा यो प्रक्रियाबाट गुज्रिएको छ। २००७ सालमा हामीले लोकतन्त्र ल्यायौँ। तर त्यसलाई स्थिर बनाउन सकेनौँ। २०१७ सालमा तथाकथित स्थिरता आयो तर लोकतन्त्र हराएर गयो। २०४७ सालमा फेरि लोकतन्त्र ल्यायौँ। सुरुमा ठीकैठीकै चल्दैथ्यो। लगत्तै अस्थिरताका शक्तिहरु बलिया हुँदै गए र हामी फेरि अस्थिर भयौँ। लोकतन्त्र अस्थिर भयो।

अनेक झन्झावातबाट, करिबकरिब गृहयुद्धको नजिकनजिक पुगेर उम्किँदै फेरि संविधान सभा हुँदै २०७२ सालको संविधानसम्म पुग्यौँ। त्यसले नेपालको राजनीतिक र संवैधानिक हिसाबले भन्ने हो भने जनता र राज्यका बीचको अधिकार र कर्तव्यहरुको बाँडफाँटको कुरा टुंग्याएको थियो। त्यो धेरै महत्त्वपूर्ण कुरा हो। ७० वर्षको आन्दोलनले टुंग्याएको मुख्य कुरा भनेकै राज्य र नागरिक बीचको सम्बन्धलाई हाम्रो संविधानले आधारभूत रुपमा लोकतान्त्रिक हिसाबले संस्थागत गरिदियो। हाम्रो लागि यो धेरै ठूलो कुरा हो। यसले अस्थिरताबाट जोगाउनका लागि एउटा ठूलो आधार दियो। त्यसलाई बोक्ने एउटा शक्ति चाहिन्छ। त्यो संविधान बोक्ने राजनीतिक पार्टीले हो।

२०७४ सालको निर्वाचनले कम्युनिस्ट पार्टीको पक्षमा ठूलो जनमत दिएर संविधानको कार्यान्वयनको अभ्यासको ग्यारेन्टी गर्‍यो। राजनीतिक रुपमा ग्यारेन्टी गर्‍यो। तर, अहिलेको अवस्था भनेको २०७२ र २०७४ को उपलब्धिहरुलाई हामीले राम्ररी रक्षा गर्न सकेका छैनौँ भन्ने कुरा देखिन्छ, खासगरी कम्युनिस्ट पार्टीको विभाजनले। यो नेपालमा लोकतन्त्र, वामपन्थ नेपालको स्थिरता र अस्थिरतासँग जोडिएका प्रश्न हुन्। नेकपा एमाले, माओवादी, कांग्रेस; हाम्रा बीचका झगडा, हाम्रा बीचमा आग्रह, खुट्टा तानातानमा मात्रै सीमित छैन। यो प्रश्न हाम्रो लोकतान्त्रिक स्थिरतासँग छ। यसर्थ, हाम्रो लोकतन्त्र र वामपन्थको भविष्यसँग सम्बन्धित छ। त्यसैले त्यही उचाइबाट यो प्रश्नलाई हेर्नुपर्छ भन्ने मेरो पहिलो कुरा हो।

दोस्रो, अहिले नै यो (कम्युनिस्ट पार्टीहरुबीचको एकता) किन आवश्यक छ? एउटा त बृहत् सन्दर्भमा आवश्यक छ। अहिले पार्टीको रुपमा नेकपा एमालेको हिसाबले एकताको पक्षमा किन जानुपर्छ? हामीले किन पहलकदमी गर्नुपर्छ? हामीले किन नेतृत्व गर्नुपर्छ? किनभने नेकपा एमालेले नेतृत्व नगरिकन यो एकता हुँदैन। हामी ठूलो पार्टी हौँ। नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको एकताको प्रतिनिधि हो। एकताको नेता हो। एकताको मूल प्रवाह हो। यसले गर्दा उसको दायित्व हो, नेपालको कम्युनिस्ट आन्दोलनको यथोचित प्रतिनिधित्व गर्नु। शानदार प्रतिनिधित्व गर्नु। एमालेको इतिहासलाई मैले यसरी बुझ्छु। त्यसैले एकताको दायित्व र चुनौती नेकपा एमालेको काँधमा छ है, यसले नेतृत्व गर्नुपर्छ है भन्ने मलाई लाग्छ।

यो विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन। कम्तीमा तीन वटा पार्टी (नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)। अरु पनि चुनाव जान्छौँ भन्ने कम्युनिस्ट पार्टीहरुका बीचमा वैचारिक र सैद्धान्तिक रुपमा समस्याहरु छैनन्। अथवा विभाजनको औचित्य नै छैन। जो चुनावमा जान्छन्, समाजवाद भनेर जान्छन्। आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न। त्यसको तयारी गर्नुपर्छ। त्यसका लागि मुलुकलाई समृद्धितिर लैजानुपर्छ। राष्ट्रिय पुँजीको पर्याप्त विकास गर्नुपर्छ। आजको कार्यक्रम त्यही हो।

सैद्धान्तिक रुपमा पनि हामी लोकतान्त्रिक हिसाबले जाने हो। यसमा पनि केही फरक छैन। हामीले मार्क्सवाद र लेनिनवाद भने पनि, जाने बाटोको कुरा गरे पनि, जाने तरिकाको कुरा गरे पनि, संगठनात्मक सिद्धान्तको कुरा गरे पनि, एउटै कुरा गर्छौँ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गर्ने कुरा त्यही हो। वैचारिक र सैद्धान्तिक रुपमा एउटै कुरा गर्न तीनवटा पार्टी किन जरुरी छ? योभन्दा हास्यास्पद कुरा के हुन्छ? त्यसैले सिद्धान्त र विचारको यो राम-रमिता गर्न हुँदैन भन्ने मलाई लाग्छ।

केही राजनीतिक कारण पनि छन्। पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटन एउटा राजनीतिक मुद्दा हो। जहाँ हामी विभाजित छौँ। यो कुरा स्वयं अदालतले, संवैधानिक बेञ्चले यसलाई निर्णय गरिदिइसकेको छ। र अब यो संविधान रहेसम्म संसद् विघटन गर्नु ठीक कि बेठीक भन्ने निश्चित भइसकेको छ। यो संविधान रहेसम्म यो उल्टिँदैन। कथं सर्वोच्च अदालतको त्यो निर्णय गलत भनेर हामी जाने हो भने यो संविधान भत्किन सुरु गर्छ। अब पनि फेरि यस खालका विघटन ठीक छ भनेर जानुको अर्थ हुन्छ, हामी सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ। जुन काम एमाले जस्तो जिम्मेवार पार्टीको तर्फबाट गर्नु हुँदैन। गर्दैनौँ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा, यो टुंगो लागिसकेको विषय हो। त्यो एउटा राजनीतिक मामिला थियो। त्यहाँबाट हामी विभाजित भइसकेका छौँ। अदालतले टुंगो नै लगाइसकेको छ भने त्यो इतिहासको घटना भइसक्यो। राजनीतिक रुपमा संसद् विघटन ठीक थियो कि बेठीक भन्ने एउटा घटना हो। राजनीतिक विवाद हो। जसको टुंगो लागिसकेको छ। वैचारिक र सैद्धान्तिक रुपमा कुनै भिन्नता छैन भने यिनीहरु अलगअलग पार्टीमा रहनुको कुनै औचित्य छैन।

तेस्रो, चुनाव त अब सुरु भइसक्यो। स्थानीय तहको चुनाव त आई नै सकेको छ। यो चुनावलाई वामहरुको पक्षमा ग्यारेन्टी गर्नका लागि पनि एकता आवश्यक छ। जित्न त नेकपा एमाले ठूलो पार्टी हो, आफ्नो साइज अनुसार जितिहाल्छ।  आफ्नै साइज अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि जित्लान्। तर समग्रमा भन्ने हो भने, वामहरुले एक ठाउँमा उभिँदा धेरै ठूलो जित निकाल्न सक्छन्। त्यो धेरै प्रभावकारी पनि हुन्छ। जोसुकै गणितिज्ञले पनि यही कुरा भन्छ होला सायद। त्यसैले वाम, कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको पक्षमा जितलाई सुनिश्चित गर्नका लागि पनि हामीले अहिले एकता गर्नु बाहेक अर्को उपाय छैन।

चौथो, कम्युनिस्ट पार्टीका इमानदार मान्छेहरु, जसले कम्युनिस्ट पार्टीको निर्माणमा भूमिका खेलेका छन्। ती सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा छन्। यसको केही खास अर्थ छ। यसको इतिहास छ। तिनले चुनौती देखेका छन्। तिनले भविष्य देखेका छन्। भविष्य र चुनौतीलाई राम्ररी विश्लेषण गर्ने कार्यकर्ता, नेता, समर्थक र शुभचिन्तकहरुको पंक्ति एकताको पक्षमा छ। यो कुरा पहिले पनि देखिएको छ। पटकपटक देखिएको छ।

केही मान्छेहरु एकताको विरोधमा रहन सक्छन्। किनभने जुनसुकै आन्दोलन, हाम्रा जस्ता सामाजिक संस्था र संगठनमा त्यो संस्था भएका कारणले आफ्नो खाइपाइ सुरक्षित राख्ने मान्छेहरु हुन्छन्। अर्थात् कम्युनिस्ट आन्दोलनको विभाजनमा आफ्नो हैसियत देख्ने केही मानिसहरु हुनसक्छन्। ती मान्छेहरुले यसको विरोध गर्नेछन्। त्यसमा कुनै शंका भएन। अर्को इमानदार कार्यकर्ताहरु पनि छन्। जसले क्रान्ति, समाजवाद, पार्टी सबै भनेको केबल आफू उभिएको ठाउँ मात्रै देखेका छन्। ती इमानदार नै हुन्। उनीहरुलाई शिक्षा, दिक्षा र प्रशिक्षणको कमी छ। जसले गर्दा क्रान्तिलाई बृहत् अर्थमा बुझ्दैनन्। बुझ्न बाँकी  छ। ती कार्यकर्ताहरु पनि 'हिजो पार्टी फुटिसक्यो अब के मिल्ला र?' भन्ने केही साना मसिना तर्कहरुका आधारमा उनीहरुले विभाजनको पक्षमा बोलिदिन पनि सक्छन्। तर तिनीहरु इमानदार नै हुन्। तिनीहरुलाई कम्युनिस्ट आन्दोलनका प्रति माया नै छ। एमालेमा रहेर एमालेकै श्रीबृद्धिमा मात्रै कम्युनिस्ट पार्टी बाँच्न सक्छ भन्ने। वा, माओवादीमा रहेर माओवादीको श्रीबृद्धिमा मात्रै समाजवाद आउँछ भन्ने। यी कुराहरु हुनसक्छन्। म ती सबै इमानदार साथीहरु नै हुन् भन्ने ठान्दछु।

हाम्रो जस्तो भूराजनीतिमा कम्युनिस्ट पार्टीको विरुद्धमा कतिपय गतिविधिहरु हुनु जोसुकै राजनीतिशास्त्रीले, समाजशास्त्रीले, अर्थशास्त्रीले बुझ्ने कुरा हो। यसमा भूराजनीतिक दबाबहरु हुन्छन्। किनभने, हिजो पनि परेर आएको हो। माइक्रो मानेजमेन्ट भन्दै आएका हौँ। अरुले त्यस्तो माइक्रो म्यानेजमेन्ट गर्दै आएका हुन्। कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन। यहाँ कांग्रेस पनि स्वाधिनतापूर्वक आफ्नो मुद्दामा फैसला गर्ने गरी उभिन्छ भन्ने भयो भने त्यसलाई पनि फोड्न लाग्छ ती शक्तिहरु। ती अस्थिरताका शक्तिहरु हुन्। हामीलाई अस्थिर पार्ने शक्ति हुन्। हाम्रो लोकतन्त्र र हाम्रो वामपन्थलाई विभाजित गर्ने शक्तिहरुले यसलाई प्रभावित पार्छन्। त्यो अन्तर्राष्ट्रिय साहित्य हुनसक्छ। अन्तर्राष्ट्रिय विचारधारा हुनसक्छ। अन्तर्राष्ट्रिय देखिने संस्था हुनसक्छ। अन्तर्राष्ट्रिय नदेखिने संस्था हुनसक्छ। तिनीहरुले हामीलाई विभाजित राखिराख्न प्रयत्न गर्नेछन्।

यी तीन खालका बाहेक अरु आम कार्यकर्ता, कम्युनिस्ट भनिने, त्यो आदर्शले प्रेरित, तिम्रो सुख यो संसारको खुस मेरो सुख हो, यो संसारको दुःख मेरो दुःख हो भनेर कसम खाएर हिँडेको; यति बुझेको जोसुकै मान्छे आज एकताको पक्षमा छ भन्ने मलाई लाग्छ। त्यस आधारमा मलाई एकताको औचित्य छ भन्ने लागेको हो।

माधव-प्रचण्डको आँखाबाट हेर्दा ओलीजी कम्युनिस्ट आन्दोलनको खतरनाक तत्व हो भन्ने अर्थमा व्यक्त हुने। ओलीजीले माधव र प्रचण्ड खतरनाक तत्व हुन् भनेर भनिदिने। बाहिर बसेर हेर्दा यी दुवै खतरनाक तत्व हुन् किनभने एकले अर्कोलाई खतरनाक भनेका छन्। अनि कम्युनिस्ट र कम्युनिस्ट लडेका छन्। एउटा कम्युनिस्ट अर्को कम्युनिस्टको विरुद्धमा लडेको छ। एउटा कम्युनिस्ट अर्को कम्युनिस्टलाई खतरनाक देख्छ। सैद्धान्तिक रुपमा केही पनि फरक छैन भने बाहिर बाटोमा हिँड्ने साधारण मान्छेले के बुझ्ने भयो त भने, के प्रचार जाने भयो भने, जुन मलाई डर लागिरहेको छ, यी दुवै खतरनाक छन्। साधारण मान्छेले यसरी बुझ्ने भयो। त्यसैले हामी यी सबै कुराभन्दा माथि उठेर हेर्नुपर्छ। र नेपालका कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नुपर्छ। त्यो भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो। लोकतन्त्रलाई बलियो बनाउने हो। वामपन्थलाई बलियो बनाउने हो।

अहिले प्रश्न उठेको छ- चुनाव आइसक्यो, कसरी एकता हुन्छ? २०७४ सालमा जब हामीले गठबन्धन गर्ने घोषणा गर्‍यौँ। मैले पनि त्यसलाई छापामार शैली भन्ने गरेको छु। किनभने, त्यसको डेढदुई वर्षअघि देखि कम्युनिस्ट पार्टीहरुको सिद्धान्त अब एउटै भइसके, एमाले र माओवादीको सिद्धान्तमा फरक छैन, सैद्धान्तिक रुपले यिनीहरु अलग रहन पर्दैन र एकीकृत हुनुपर्छ भन्ने कुरा गर्दा मेरै समेत विरोध भएको थियो। मार्क्सवादको नाममा यसरी पार्टी विरोधी गतिविधि चलाएर हिँड्ने भनिएको थियो। त्यो २०७४ भदौसम्म भनिएको थियो। हाम्रो स्थायी कमिटीमा पनि पटकपटक उठेको थियो यस्तो कुरा। तर असोजमा अचानक हामीले एकताको घोषणा गर्‍यौँ। त्यो कसरी भयो भन्नेतिर अहिले नजाऔँ।

नेताहरुको बीचमा भनाभन चलिरहेको बेलामा अचानक त्यो कुरा आयो। किनभने मंसिरमा चुनाव आइसकेको थियो। मंसिरको चुनावका लागि असोजको मध्यमा हामीले त्यसो गर्न सक्छौँ भने अहिले पनि हामीलाई कम दिन उपलब्ध छैन। यसर्थ समय छैन भन्ने बेकारको कुरा हो। पर्याप्त समय छ। बरु हिजोको अभ्यासले केके गर्दा कमी रहने रहेछन्, कसरी एकतालाई झन् राम्रो बनाउन सकिन्छ भनेर सिक्नका लागि हामीसँग उदारण पनि भइसकेको छ। त्यसैले एकताको लागि हिजोभन्दा आज सजिलो छ।

आज दुई वा तीन वटा पार्टी एक ठाउँमा उभिएलान्? आज कृतिम रुपले बनाइएको दुरी छ, जुन विभाजन छ, जुन गालीगलौज छ। एकैचोटि त्यहाँ जान सकिँदैन। तर के भन्न सकिन्छ भने, गएको तेह्र चौध महिनामा कम्युनिस्ट आन्दोलनमा जे समस्या आए, जसरी कम्युनिस्ट पार्टीहरु विभाजन भएर गएको छ। यो विभाजनमा हामी सबै जिम्मेवार छौँ भन्ने मात्रै महसुस हुनुपर्छ। हामी जस्ता सहायक नेताहरुले पनि महसुस गर्नुपर्छ। यसमा एक जना वा दुई जना वा तीन जनाको होइन। धेरै वा थोरै कसको के हो, पद र भूमिका अनुसार यो विभाजनमा तिनीहरुको योगदान छ। विभाजनका लागि तिनीहरुले खुब मेहनत गरेका छन्। योगदान गरेका छन्। पसिना बगाएका छन्। भनौँ न, साना दुःखले विभाजन भएको छैन, कम्युनिस्ट आन्दोलनलाई साना दुःखले बर्बाद गरेको होइन भन्ने गरेको छु मैले। हो, यसका लागि सबैले यो महसुस गरौँ कि हामी सबै जिम्मेवार छौँ।

कसको जिम्मेवारी कति छ भन्ने कुराको पछि मूल्यांकन गरौँला भन्ने एउटा मात्रै स्टेटमेन्ट भयो भने अहिले गठबन्धनचाहिँ बन्न सक्छ। यो चुनावमा गठबन्धन बन्न सक्छ। हामीले गल्ती नगरिकन अर्कैले आएर विभाजन गरेको होइन। जिम्मेवार हामी हौँ। यति मात्रै भन्यौँ भने एउटा प्रक्रिया सुरु भइहाल्छ। त्यसैले चुनावमा हाम्रो एउटा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ। राजनीतिक रुपले यति मात्रै भन्दा हुन्छ भन्ने लाग्छ।

हामीले पछि नै गरौँला। हामीले पार्टी एकताको लागि त्यसपछि छलफल चलाउन सकिन्छ। अब अनुभवले अब नेताहरुको स्वार्थमा आधारित एकता टिक्दैन भन्ने बुझिसकिएको छ। त्यसैले कम्युनिस्ट पार्टीहरुको आगामी एकता हुँदाखेरि नेताहरुको निजी स्वार्थमा टेकेर, त्यसका आधारमा एकता भयो भने एकताको हालत यस्तो हुन्छ भन्ने हामीले बुझिकेका छौँ। त्यो हाम्रो पार्टीभित्र कमरेड ओलीलाई पनि बुझाउन बाँकी छ। नत्र स्थायी कमिटी, पोलिटब्युरो सबैले बुझेका छन्। कार्यकर्ताले बुझेका छन्। अघि मैले भनेका तीनथरीका मान्छेले बुझ्न बाँकी होला। अरु सबैले बुझेका छन्। माओवादी र एकीकृत समाजावादी पनि त्यही हो। र जाने बाटोचाहिँ यो हो भन्ने लाग्छ।

(भूसालले मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्