काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्।
भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
भोटेकोशी बाढीले एक दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ। घटनापछि सरकारको तर्फबाट ऊर्जा मन्त्रालयले गरेका कार्यहरू र अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए।
उनकाअनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन्।
प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।