फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका नेताहरुले बढी नै लखेट्न थाले अरुतिर सहकार्य हुनसक्ने बताएका छन्।
‘कांग्रेसका नेताले बढी लखेट्न थाले भने त राजनीतिमा जे पनि सम्भावना हुन्छ’, मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेस कसरी आउँछ त्यही अनुसार हुन्छ।’
प्रचण्डले बुटवलमा आफूले बोलेको कुरा गठबन्धन छोड्नका लागि नभएको पनि स्पष्ट पारे। गठबन्धन बनाउन माओवादी केन्द्रको झण्डै झण्डै नेतृत्वदायी भूमिका रहेको उनको भनाइ छ।
‘यो संविधान र लोकतन्त्र बचाउनका लागि तत्कालीन समयमा गठबन्धन बनाइएको थियो’, उनले भने।
प्रचण्डले अब नेपाली कांग्रेसमा धेरै कुरा भर पर्ने उल्लेख गरे। उनले अगाामी निर्वाचनमा सँगै मिलेर अघि बढ्ने कुरामा प्रधानमन्त्री सहमत भएपनि कांग्रेस नेताहरू आलोचनामा लागेको भन्दै उनले केहीदिन अघि बुटवलको कार्यक्रममा एमालेसँग पनि गठबन्धन गर्न सकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।