फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेका सरकारजस्तो अन्य कुनै पनि सरकारले काम गर्न नसकेको दाबी गरेका छन्।
काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘आउँदो निर्वाचनमा हामी बहुमत ल्याउँछौं र यो देशका लागि बहुमत ल्याउनुपर्छ। त्यसका लागि लाग्नुस्,’ उनले भने, ‘हामीले विगतमा नै धेरै काम गरेका छौं। जनताको विभिन्न क्षेत्रमा काम गरेका छौं।’
उनले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका महत्त्वपूर्ण काम अहिलेको सरकारले रोकेको बताए। उनले एमालेले आउँदो निर्वाचनमा बहुमत ल्याएपछि मुलुकको सम्बृद्धितर्फ ध्यान केन्द्रित हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।