• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विदेशमा रहेका नेपालीले कहिले पाउँछन् मताधिकार? के भन्छन् दलहरू? 

64x64
नेपाल लाइभ मंगलबार, चैत ८, २०७८  १४:३१
1140x725

काठमाडौं– विदेश रहेका नेपालीले मताधिकार पाउँछन् कि पाउँदैनन् भन्ने विषय अहिले बहसमा छ। मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना समेत हुने गरेको छ। 

आगामी वैशाख ३० गते स्थानीय तहको र १ वर्षभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यी निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट दिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा सर्वत्र चासो छ। 

नेपाली डायस्पोराद्वारा प्रवर्द्धन गरिएको गैरनाफामूलक तथा स्वतन्त्र अन्तर्राष्ट्रिय थिंक ट्यांक नेपाल पोलिसी इन्टिच्युट (एनपीआई)द्वारा आइतबार साँझ आयोजित विदेशमा रहेका नेपालीको मताधिकार सम्बन्धी नीति संवादलाई सम्बोधन गर्दै दलका प्रतिनिधिहरुले आवश्यक कानुन बनाइ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने पक्षमा आफूहरु तयार रहेका बताएका छन्।

सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेश बस्ने नेपालीलाई मतदानमा भाग लिन कानुनी प्रबन्ध गर्न फैसला सुनाएको थियो। न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद्, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन मन्त्रालय र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको थियो।  

मतदान ‘आधारभूत’ र ‘संवैधानिक अधिकार’ रहेको भन्दै सर्वोच्चले संविधानले सबै नेपाली नागरिकका लागि वालिग मताधिकारको हक सुनिश्चित गरेको अवस्थामा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानको अधिकार हुनुपर्ने भनेको थियो।

सर्वोच्चले संविधानले कुनै पनि नागरिकलाई मताधिकारवाट बञ्चित गर्ने परिकल्पना नगरेको भन्दै कानुन बनाएर मताधिकारको सुनिश्चिता गर्न भनेको थियो। तर, सर्वोच्चको यो फैसला अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। आगामी स्थानीय निर्वाचनमा यो सम्भव नभएको आयोगले प्रष्ट पारिसकेको छ। फैसला कार्यान्वयनका लागि सरकारले तयार गरेको एकीकृत कानुन मस्यौदा मन्त्रिपरिषद्‌मा पुगेका छ। उक्त मस्यौदा संघीय संसद्‌बाट पारित भएपछि निर्वाचन आयोगले कार्यान्वयनमा लैजानेछ। 

विदेशमा रहेका नेपालीले पनि आफूहरुले कमाएको नोट चल्ने तर भोट नचल्ने कहिलेसम्म भनी प्रश्न गरेका छन्। नेपाल पोलिसी इन्स्टिच्युटले गरेको कार्यक्रममा सहभागीले यही प्रश्न राजनीतिक दलका नेताहरुलाई गरेका छन्। 

कार्यक्रममा सहभागीले संविधानले नेपालमा रहेको वा विदेशमा रहेको नछुट्ट्याएको अवस्थामा किन मतदानबाट बञ्चित गरियो भन्ने उनीहरूको प्रश्न छ। एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले  विश्वका विभिन्न देशमा भइरहेको अभ्यासका आधारमा नेपालीले मताधिकार दिनुपर्ने आधार र कारण पेस गरेका थिए।
 
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अबको पाँच वर्षभित्र यो गर्न सकिने बताए। उनले नेपाली कांग्रेसले गत वर्षको घोषणापत्रमा १० वर्षभित्र यो कार्यान्वयन गर्ने उल्लेख गरेको भन्दै सबै कानुनी र व्यावहारिक कुरा समाधान गर्दै मताधिकारको व्यवस्था गर्नुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरु विदेशमा रहेका नेपालीलाई मताधिकार दिने पक्षमै रहेको भन्दै यसका लागि आवश्यक कानुन र व्यावहारिक समस्या समाधान गर्नुपर्ने बताए। अहिले कानुन निर्माणको चरणमा रहेकाले अब यो पारित भएपछि अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर निर्वाचन आयोगले निर्णय गर्नुपर्ने उनले बताए।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने पक्षमा आफ्नो पार्टी र आफू रहेको बताइन्। ऊर्जामन्त्री समेत रहेकी भुसालले यसकै लागि एकीकृत कानुन निर्माणको काम सरकारले गरिरहेको बताइन्।
 
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानले सबैलाई समान अधिकार दिएकाले मताधिकारबाट कसैलाई पनि बञ्चित गराउन नहुने बताए। आफू र आफ्नो पार्टी विदेशमा रहेका नेपालीलाई इन्टनेट भोटिङमार्फत सहभागी गराउन सकिने पक्षमा रहेको उनले प्रष्ट पारे। 

भारतबाट आरवी खड्काले स्वदेशमा रोजगारी प्रदान गर्न नसकेपनि चुन्ने र चुनिन पाउने अधिकार किन दिन नसकिएको हो भनी प्रश्न गरेका थिए। युएईबाट सुष्मा केसीले मताधिकार पाउने कुरामा बञ्चित गर्नु गलत भएको बताइन्। 

त्यस्तै, फ्रान्सबाट मिनबहादुर जीसीले रेमिट्यान्स चल्ने तर, भोट नचल्ने किन भएको हो त्यसबारे अब प्रष्ट जवाफ दिनुपर्ने बताए।

मलेसियाबाट सपना बस्यालले विदेशमा रहेपनि नेपाल आउँदैन भन्ने सोंच देखिएको आरोप लगाइन्। उनले राजनीतिक दललाई किन हतारो भएन भनी प्रश्न गरिन्न। उनले छिट्टै मताधिकारको व्यवस्था गर्न आग्रह गरिन्।
त्यस्तै, खगेन्द्र अधिकारीले अमेरिकाबाट प्रश्न गर्दै अब यो वा त्यो नाममा मताधिकार रोक्न आवश्यक नभएको तर्क गरे। 

प्रमुख राजनीतिक दलहरुले विदेशमा रहेका नेपाली नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न यथाशीघ्र कानुन बनाउने पक्षमा प्रतिबद्धता दोहोर्‍याएका छन्। उनीहरुले आसन्न संसदीय चुनावभित्र निर्वाचनसम्बन्धी एकीकृत ऐन र नियमावली जारी गरी अर्को चुनावमा विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने विश्वास राखेका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्