काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नै खुट्टामा उभिएर परिणाम ल्याउन केन्द्रीत भएको बताएका छन्।
मंगलबार मधेस प्रदेशमा आयोजना हुन लागेको प्रशिक्षणमा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले आफ्नै संगठनको बलमा चुनाव जित्ने गरि केन्द्रीत भएको बताए।
उनले गठबन्धनको विषयमा कुनै तिक्तता नभए पनि माओवादीले चुनाव जित्न नसक्ने भएर गठबन्धन गर्न परेको रुपमा बुझ्न नहुने बताए।
‘गठबन्धनका विषयमा नेतृत्व तहमा तिक्तता छैन। माओवादीले चुनाव जित्न नसक्ने भएकाले गठबन्धन गर्न परेको होइन’ प्रचण्डले भने, ‘यो बीचमा जति पनि माओवादीका गतिविधि भएका छन्। आफ्नै खुट्टामा उभिने र आफ्नै बलमा परिणाम ल्याउने विषयमा केन्द्रीत छौं।’
तर, गठबन्धन बनाउनेमा माओवादी नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्डले दाबी गरे। अहिलेको गठबन्धन चुनावका लागि नबनेको बताउँदै प्रचण्डले संविधान,लोकतन्त्र र राष्ट्रियताको रक्षा निम्ति बनाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।