• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

थाइल्यान्डविरुद्ध नेपालको मैत्रीपूर्ण खेल : वरीयता सुधारका लागि मात्र!

64x64
दीप सुवेदी मंगलबार, चैत ८, २०७८  ०७:०५
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत कात्तिकमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नयाँ सम्झौता गर्दै दोस्रो पटक जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि उनी ‘लङटर्म प्लानिङ’ बनाएर टिमको प्रदर्शन सुधार्न लागेका छन्। उनको प्रथामिकतामा आगामी जुनमा हुने एएफसी एसियन कप २०२३ को तेस्रो चरण, सन् २०२६ मा हुने विश्वकपको छनोट प्रतियोगिता र सन् २०२७ को एसियन कपको छनोट प्रतियोगिता छन्। 

अहिले नेपालको राष्ट्रिय टोली थाइल्यान्ड भ्रमणमा छ। त्यहाँ दुई वटा मैत्रीपूर्ण खेल हुने तालिका छ। ती खेल चीनमा हुने एसियन कप २०२३ को तेस्रो चरणको छनोट प्रतिश्पर्धाको तयारीका लागि खेलिन लागेको हो।

अल्मुताइरीले यी प्रतियोगितालाई महत्त्व दिएका कारण तयारी पनि विशेष बनाउने प्रयासमा छन्। त्यसैले ‘फिफा डे’ का मैत्रीपूर्ण खेललाई जोड दिइरहेका छन्। त्यसै कारण गत माघमा घरेलु मैदान दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल अहिले थाइल्यान्ड उडेको हो। 

नेपालले आगामी चैत १० मा थाइल्यान्डको राष्ट्रिय टोली र १३ गते थाई शीर्ष डिभिजनको क्लब चोनवुरी एफसीसँग प्रतिश्पर्धा गर्नेछ। यी खेलले नेपाली टोली कति बलियो र निखारिएको छ भन्ने देखाउने छ। तर, यस पटक उनका भरपर्दा खेलाडी टिममा छैनन्। 

मरिससविरुद्धको पहिलो खेलमा गोल गरेका विमाल घर्तीमगरसहित उक्त टोलीमा रहेका सात महत्त्वपूर्ण खेलाडीले थाइल्यान्ड भ्रमण गुमाएका छन्। मछिन्द्र क्लबले एएफसी कपका लागि तयारी गरिरहेकाले राष्ट्रिय टोलीमा यसपटक विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत खेलाडी उपलब्ध नहुने भएका हुन्। मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। 

तर, मछिन्द्रका खेलाडी नभए पनि आफूलाई बहाना बनाउने छुट नभएको अल्मुताइरी बताउँछन्। मछिन्द्रलाई ‘फोकस’ गर्नुभन्दा आफ्नो राष्ट्रिय टोलीलाई नियाल्नुपर्ने उनको तर्क छ। ‘यो नेपालको राष्ट्रिय टोली हो। मछिन्द्रका खेलाडी छैनन् भनेर म रोएर बस्दिनँ। यो सामान्य हो। उनीहरू एसियन कप छनोटमा नभए पनि मलाई केही फरक पर्दैन,’ उनले थाइल्यान्ड उड्नुअगाडि भने,’ नेपाली राष्ट्रिय टोली सबैभन्दा ठूलो हो। क्लब र प्रशिक्षकभन्दा पनि ठूलो हो।’
 
उनको ‘हतियार’ भनेकै युवा खेलाडी हुन्। अल्मुताइरी नेपाल आएसँगै संभावना बोकेका युवा खेलाडीलाई प्राथमिकता दिँदै आएका छन्। थाइल्यान्डमा हुने खेलमा पनि नेपालको लागि यी खेलाडी महत्वपूर्ण हुनेछन्। ‘एएफसी कपका कारण मछिन्द्रका खेलाडी टोलीमा नहुँदा हामी नयाँ रणनीतिमा हुनेछौं। टोलीमा नयाँ खेलाडीहरू थपिएका छन्। यो हाम्रो तयारीको उत्कृष्ट पक्ष हो। जित र हार त खेलको पाटो नै हो,’ उनी भन्छन्।

यसअघि नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। सन् १९८२ मा किङ्स कपमा पहिलोपटक प्रतिश्पर्धा गर्दा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि सन् १९९८ मा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली २–० ले पराजित भएको थियो। अन्तिम पटक सन् २००८ मा खेल्दा ७–० को फराकिलो गोल अन्तरले हारेको थियो।

करिब १४ वर्षपछि थाइल्यान्डविरुद्धको खेलमा ‘टचलाइन’मा उभिरहँदा प्रशिक्षक अल्मुताइरीसँग घरेलु मैदानबाहिर नेपाली राष्ट्रिय टोलीलाई मैत्रीपूर्ण खेलमा पहिलो जित दिलाउने लक्ष्य पनि हुनुपर्ने छ। थाइल्यान्ड नेपालभन्दा बलियो टोली भएकाले उनलाई त्यो लक्ष्य भेट्न सहज भने छैन।

Ncell 2
Ncell 2

अल्मुताइरी प्रशिक्षकमा नियुक्त भएपछि विदेशमा खेलिएका पछिल्ला दुई मैत्रीपूर्ण खेलमा नेपालले ‘लज्जाजनक’ हार बेहोरेको छ। उनको प्रशिक्षणमा नेपाल इराकसँग ६–२ र ओमानसँग ७–२ गोल अन्तरले हारेको थियो। मरिससबाहेक घरेलु मैदानमा भारतसँग खेलिएको दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले २–१ र १–१ को मिश्रित नतिजा हात पारेको थियो।

तर, यसअघिका मैत्रीपूर्ण खेलजस्तै यसपटक पनि आफूले नतिजालाई भन्दा बढी प्राथमिकता वरीयता सुधारलाई दिएको अल्मुताइरी बताउँछन्। ‘हाम्रो लक्ष्य एसिया कप छनोटको तयारी हो। थाइल्यान्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ। त्यस्तै, एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने मद्दत गर्नेछ,’ उनले भने,‘थाइल्यान्ड त्यही क्षेत्रको हो, जहाँ इन्डोनेसिया पर्छ र उनीहरू जोर्डन र कुवेतको वरीयतामा छन्। त्यसैले हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ।’

एएफसी एसियन कप तेस्रो चरण छनोट प्रतियोगितामा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन्। ८ जुनमा सुरु भएर १४ जुनमा सकिने यो समूहका खेल कुवेतमा हुनेछन्। 

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, ११ जुनमा जोर्डन र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड भने समूह ‘सी’मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।

समूहमा शीर्ष हुने टोली एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि छनोट हुने संभावना हुनेछ। तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूहमध्ये दोस्रो हुने उत्कृष्ट पाँच टोली एसियन कपमा पुग्नेछन्। 

बलिया प्रतिस्पर्धीसँग खेल्नुअघि थाइल्यान्डसँगको खेल नेपाल टोलीलाई आफ्नो वास्तविकता बुझ्ने अवसर हो। थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ। नेपाल १६७औं स्थानमा छ। यसलाई बुझेका प्रशिक्षक अल्मुताइरी थाइल्यान्डसँगको नतिजा बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रिने पक्का छ।

थाइल्यान्ड आसियन क्षेत्रको एएफएफ कप विजेता देश हो। डिसेम्बरमा भएको पहिलो लेगमा इन्डोनेसियालाई ४–० ले हराएको थाइल्यान्ड समग्रमा ६–२ ले विजयी बनेको थियो। थाइल्यान्डले दुई महिनाअघि उक्त प्रतियोगिताअन्तर्गत नै दोस्रो लेगमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो। सिंगापुरको कालाङमा भएको दोस्रो लेग २–२ गोलको बराबरीमा सकिएको थियो।

अल्मुताइरी यस नतिजाबारे पनि जानकार छन्। थाइल्यान्डले इन्डोनेसियासँग खेलेको खेलको विश्लेषण गरिरहेको उनले बताएका छन्। ‘थाइल्यान्डले त्यो टोलीमा भएका खेलाडीमध्ये अहिले १२ देखि १५ जनालाई परिवर्तन गरिसकेको छ,’ उनले भने, ‘उनीहरू ११ खेलाडी, हामी पनि ११। त्यसैले जित पनि हुनसक्छ। यो फुटबल हो।’

नेपाल आगमनपछि अल्मुताइरीको नेतृत्वमा नेपालको उपलब्धि भने सम्झनलायक छैन। अहिलेसम्म खेलेका १४ खेलमा पाँच जितमात्र हासिल गरेका छन्। यद्यपि, नेपालले वरीयतामा माथि भएका देशसँग खेलेको छ। नेपालले प्रायः खेलमा गोल भने गरेको छ। मरिसससँगको पछिल्ला दुई खेलमा २ गोल गरेको नेपालले ‘क्लिनसिट’समेत राखेको छ। तर, अल्मुताइरीको नजर अहिले जितमा छ कि ‘क्लनसिट’मा छ यो थाइल्यान्ड भ्रमणले स्पष्ट पार्ने छ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्