• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

थाइल्यान्डविरुद्ध नेपालको मैत्रीपूर्ण खेल : वरीयता सुधारका लागि मात्र!

64x64
दीप सुवेदी मंगलबार, चैत ८, २०७८  ०७:०५
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत कात्तिकमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नयाँ सम्झौता गर्दै दोस्रो पटक जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि उनी ‘लङटर्म प्लानिङ’ बनाएर टिमको प्रदर्शन सुधार्न लागेका छन्। उनको प्रथामिकतामा आगामी जुनमा हुने एएफसी एसियन कप २०२३ को तेस्रो चरण, सन् २०२६ मा हुने विश्वकपको छनोट प्रतियोगिता र सन् २०२७ को एसियन कपको छनोट प्रतियोगिता छन्। 

अहिले नेपालको राष्ट्रिय टोली थाइल्यान्ड भ्रमणमा छ। त्यहाँ दुई वटा मैत्रीपूर्ण खेल हुने तालिका छ। ती खेल चीनमा हुने एसियन कप २०२३ को तेस्रो चरणको छनोट प्रतिश्पर्धाको तयारीका लागि खेलिन लागेको हो।

अल्मुताइरीले यी प्रतियोगितालाई महत्त्व दिएका कारण तयारी पनि विशेष बनाउने प्रयासमा छन्। त्यसैले ‘फिफा डे’ का मैत्रीपूर्ण खेललाई जोड दिइरहेका छन्। त्यसै कारण गत माघमा घरेलु मैदान दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल अहिले थाइल्यान्ड उडेको हो। 

नेपालले आगामी चैत १० मा थाइल्यान्डको राष्ट्रिय टोली र १३ गते थाई शीर्ष डिभिजनको क्लब चोनवुरी एफसीसँग प्रतिश्पर्धा गर्नेछ। यी खेलले नेपाली टोली कति बलियो र निखारिएको छ भन्ने देखाउने छ। तर, यस पटक उनका भरपर्दा खेलाडी टिममा छैनन्। 

मरिससविरुद्धको पहिलो खेलमा गोल गरेका विमाल घर्तीमगरसहित उक्त टोलीमा रहेका सात महत्त्वपूर्ण खेलाडीले थाइल्यान्ड भ्रमण गुमाएका छन्। मछिन्द्र क्लबले एएफसी कपका लागि तयारी गरिरहेकाले राष्ट्रिय टोलीमा यसपटक विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत खेलाडी उपलब्ध नहुने भएका हुन्। मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। 

तर, मछिन्द्रका खेलाडी नभए पनि आफूलाई बहाना बनाउने छुट नभएको अल्मुताइरी बताउँछन्। मछिन्द्रलाई ‘फोकस’ गर्नुभन्दा आफ्नो राष्ट्रिय टोलीलाई नियाल्नुपर्ने उनको तर्क छ। ‘यो नेपालको राष्ट्रिय टोली हो। मछिन्द्रका खेलाडी छैनन् भनेर म रोएर बस्दिनँ। यो सामान्य हो। उनीहरू एसियन कप छनोटमा नभए पनि मलाई केही फरक पर्दैन,’ उनले थाइल्यान्ड उड्नुअगाडि भने,’ नेपाली राष्ट्रिय टोली सबैभन्दा ठूलो हो। क्लब र प्रशिक्षकभन्दा पनि ठूलो हो।’
 
उनको ‘हतियार’ भनेकै युवा खेलाडी हुन्। अल्मुताइरी नेपाल आएसँगै संभावना बोकेका युवा खेलाडीलाई प्राथमिकता दिँदै आएका छन्। थाइल्यान्डमा हुने खेलमा पनि नेपालको लागि यी खेलाडी महत्वपूर्ण हुनेछन्। ‘एएफसी कपका कारण मछिन्द्रका खेलाडी टोलीमा नहुँदा हामी नयाँ रणनीतिमा हुनेछौं। टोलीमा नयाँ खेलाडीहरू थपिएका छन्। यो हाम्रो तयारीको उत्कृष्ट पक्ष हो। जित र हार त खेलको पाटो नै हो,’ उनी भन्छन्।

यसअघि नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। सन् १९८२ मा किङ्स कपमा पहिलोपटक प्रतिश्पर्धा गर्दा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि सन् १९९८ मा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली २–० ले पराजित भएको थियो। अन्तिम पटक सन् २००८ मा खेल्दा ७–० को फराकिलो गोल अन्तरले हारेको थियो।

करिब १४ वर्षपछि थाइल्यान्डविरुद्धको खेलमा ‘टचलाइन’मा उभिरहँदा प्रशिक्षक अल्मुताइरीसँग घरेलु मैदानबाहिर नेपाली राष्ट्रिय टोलीलाई मैत्रीपूर्ण खेलमा पहिलो जित दिलाउने लक्ष्य पनि हुनुपर्ने छ। थाइल्यान्ड नेपालभन्दा बलियो टोली भएकाले उनलाई त्यो लक्ष्य भेट्न सहज भने छैन।

Ncell 2
Ncell 2
nimb
nimb

अल्मुताइरी प्रशिक्षकमा नियुक्त भएपछि विदेशमा खेलिएका पछिल्ला दुई मैत्रीपूर्ण खेलमा नेपालले ‘लज्जाजनक’ हार बेहोरेको छ। उनको प्रशिक्षणमा नेपाल इराकसँग ६–२ र ओमानसँग ७–२ गोल अन्तरले हारेको थियो। मरिससबाहेक घरेलु मैदानमा भारतसँग खेलिएको दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले २–१ र १–१ को मिश्रित नतिजा हात पारेको थियो।

तर, यसअघिका मैत्रीपूर्ण खेलजस्तै यसपटक पनि आफूले नतिजालाई भन्दा बढी प्राथमिकता वरीयता सुधारलाई दिएको अल्मुताइरी बताउँछन्। ‘हाम्रो लक्ष्य एसिया कप छनोटको तयारी हो। थाइल्यान्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ। त्यस्तै, एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने मद्दत गर्नेछ,’ उनले भने,‘थाइल्यान्ड त्यही क्षेत्रको हो, जहाँ इन्डोनेसिया पर्छ र उनीहरू जोर्डन र कुवेतको वरीयतामा छन्। त्यसैले हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ।’

एएफसी एसियन कप तेस्रो चरण छनोट प्रतियोगितामा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन्। ८ जुनमा सुरु भएर १४ जुनमा सकिने यो समूहका खेल कुवेतमा हुनेछन्। 

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, ११ जुनमा जोर्डन र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड भने समूह ‘सी’मा छ। यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका पनि छन्।

Xtrem

Xtrem

समूहमा शीर्ष हुने टोली एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि छनोट हुने संभावना हुनेछ। तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूहमध्ये दोस्रो हुने उत्कृष्ट पाँच टोली एसियन कपमा पुग्नेछन्। 

बलिया प्रतिस्पर्धीसँग खेल्नुअघि थाइल्यान्डसँगको खेल नेपाल टोलीलाई आफ्नो वास्तविकता बुझ्ने अवसर हो। थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ। नेपाल १६७औं स्थानमा छ। यसलाई बुझेका प्रशिक्षक अल्मुताइरी थाइल्यान्डसँगको नतिजा बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रिने पक्का छ।

थाइल्यान्ड आसियन क्षेत्रको एएफएफ कप विजेता देश हो। डिसेम्बरमा भएको पहिलो लेगमा इन्डोनेसियालाई ४–० ले हराएको थाइल्यान्ड समग्रमा ६–२ ले विजयी बनेको थियो। थाइल्यान्डले दुई महिनाअघि उक्त प्रतियोगिताअन्तर्गत नै दोस्रो लेगमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो। सिंगापुरको कालाङमा भएको दोस्रो लेग २–२ गोलको बराबरीमा सकिएको थियो।

अल्मुताइरी यस नतिजाबारे पनि जानकार छन्। थाइल्यान्डले इन्डोनेसियासँग खेलेको खेलको विश्लेषण गरिरहेको उनले बताएका छन्। ‘थाइल्यान्डले त्यो टोलीमा भएका खेलाडीमध्ये अहिले १२ देखि १५ जनालाई परिवर्तन गरिसकेको छ,’ उनले भने, ‘उनीहरू ११ खेलाडी, हामी पनि ११। त्यसैले जित पनि हुनसक्छ। यो फुटबल हो।’

नेपाल आगमनपछि अल्मुताइरीको नेतृत्वमा नेपालको उपलब्धि भने सम्झनलायक छैन। अहिलेसम्म खेलेका १४ खेलमा पाँच जितमात्र हासिल गरेका छन्। यद्यपि, नेपालले वरीयतामा माथि भएका देशसँग खेलेको छ। नेपालले प्रायः खेलमा गोल भने गरेको छ। मरिसससँगको पछिल्ला दुई खेलमा २ गोल गरेको नेपालले ‘क्लिनसिट’समेत राखेको छ। तर, अल्मुताइरीको नजर अहिले जितमा छ कि ‘क्लनसिट’मा छ यो थाइल्यान्ड भ्रमणले स्पष्ट पार्ने छ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्