काठमाडौं– एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार राति सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, क्रिष्टल प्यालेस र लिभरपुल विजयी भए। यसअघि शनिबार सम्पन्न क्वाटरफाइनलको खेलमा चेल्सी विजयी भएको थियो।
साउथह्याम्पटनलाई ४–१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो भने यस्ते नटिंघम फरेष्टविरुद्ध १–०को जित निकाल्दै लिभरपुल अन्तिम चारमा पुग्यो।
त्यसैगरी, एभर्टनलाई ४–० गोल अन्तरले हराउँदै क्रिष्टल प्यालेसले अन्तिम चारमा स्थान बनायो। चेल्सी मिड्ल्सब्रोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।
फाइनल प्रवेशका लागि चेल्सी र क्रिष्टल प्यालेस आमने–सामने हुँदा सिटीले लिभरपुल प्रतिद्वन्द्वी पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।