काठमाडौं– म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार सम्पन्न क्वाटरफाइनलमा साउथह्याम्पटनलाई ४–१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो।
सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुएन, फिल फोडेन तथा रिहाज महरेजले गोल गरेका थिए भने साउथह्याम्पटनले उपहार गोल पाएको थियो।
खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेको आत्मघाती गोलमा खेल १–१ गोलको बराबरीमा पुगेको थियो।
खेलको ६२ औं मिनेटमा केभिन डी ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए।
त्यसपछि खेलको ७८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।