काठमाडौं– मोनाकोले फ्रान्सेली लिग वनअन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ।
मोनाकोको घरेलु मैदानमा आइतबार साँझ भएको खेलमा पीएसजी ३-० ले पराजित भएको हो। मोनाकोका लागि कप्तान विसाम बेन येडरले २ तथा केभिन भोलन्डले १ गोल गरे।
२५औं मिनेटमा मोनाकोले येडरको गोलमा अग्रता बनाएको थियो। दोस्रो हाफको ६८औं मिनेटमा भोलन्डले अग्रता २–० मा पुर्याए।
८४औं मिनेटमा येडरले पेनाल्टीमा गोल गर्दै ३–० को सहज जित पक्का गरे। उनको प्रहार गोलरक्षक जियानलुइजी डोनारुम्माको हातमा लाग्दै गोलमा परिणत भएको थियो।
जितसँगै २९ खेलमा ४४ अंक जोडेको मोनाको तालिकामा सातौं स्थानमा छ। यता, पीएसजी अंक तालिकामा १५ अंकले अगाडी छ। पीएसजीले २९ खेल ६५ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।