काठमाडौं- बुधबार आठौं फादर इएल वाट्रीन मेमोरियल कल्चरल अवार्ड तथा ‘सुर–वाहिनी’ सांगीतिक साँझ आयोजना हुने भएको छ।
सेन्ट जेभियर्स कलेजको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
फादर वाट्रीन मेमोरियल हल, माइतीघरमा साँझ ५ बजेदेखि ७ बजेसम्म हुने कार्यक्रममा विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका गीतकार तथा संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।