काठमाडौं– मिडल्सब्रगमाथि सहज जित निकाल्दै इंग्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मिडल्सब्रगलाई उसकै मैदानमा २–० ले हराएर चेल्सीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। शनिबार राति सम्पन्न खेलमा चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जियाचले गोल गरे।
खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। उनले मासन माउन्टको पासमा गोल गरेका थिए।
खेलको ३१औं मिनेटमा हाकिम जियाचले मासन माउन्टकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सीे विजेता बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।