काठमाडौं- ललितपुर र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो। निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो।
अर्को सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ को फराकिलो गोलअन्तरले हरायो। मकवानपुरका समिरराज ठोकरले २ तथा ललित राजवंशी, अमिर श्रेष्ठ र अनिश महर्जनले १–१ गोल गरे। दोलखाका स्वयं श्रेष्ठले सान्त्वना गोल गरे। फाइनल आइतबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।