काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसियसनले बराबरी खेल्दै अंक बाडेका छन्।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा टुसाल र मध्यपुरले गोलरहित बराबरी खेलका हुन्। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही मौका सिर्जना गरेपनि गोल गर्न सकेनन्।
बराबरीसँगै टुसालले ६ खेलमा ७ अंक जोडेको छ। मध्यपुरले ६ खेलमा ४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।