काठमाडौं– नयाँबस्ती युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा सामाजिक युथ क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा नयाँबस्तीले सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको आठौं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा नयाँबस्तीले उत्कृष्ट पुनरागमनसहित जित हात पार्यो।
नयाँबस्तीका लागि ५८औं मिनेटमा रमेश तामाङले गोल गर्दै खेलमा फर्काए।
७५औं जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेनन्।
जितसँगै नयाँबस्तीले ६ खेलमा १० अंक जोडेको छ। सामाजिकले ६ खेलमा ४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।