काठमाडौं– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमा रोजगारीको अवसर खुलेको छ। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको केन्द्रले २ पदका लागि कर्मचारी माग गरेको छ।
केन्द्रले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै इन्जिनियर र सब इन्जिनियर पदमा दरखास्त आह्वान गरेको छ।
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र डबल दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।