कैलाली- धनगढीमा सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप हुने भएको छ।
आयोजक वनदेवी युवा क्लब अत्तरियाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि बैशाख ३ गतेदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा आयोजना गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए।
उनले अन्तर्राष्ट्रिय महिला टिमलाई समेत सहभागीता गराउने जानकारी दिए। प्रतियोगितामा विभागीय टिमसहित ८ देखि १० ओटासम्म क्लबको सहभागीता रहने संयोजक अधिकारीले बताए।
गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने क्लबका अध्यक्ष सुसन जोशीले बताए।
त्यस्तै, प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार र विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भर उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।