काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा चैत १५ गते काठमाडौंमा हुने भएको छ। एन्फाको १८औं कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो।
यसअघि साधारण सभा फागुन ८ गतेलाई तय गरिएको थियो । तर, प्राविधिक कारण देखाएर साधारण सभा स्थगित भएको थियो।
दुई दिनसम्म बसेको बैठकले निर्वाचन कार्यतालिकामा समेत हेरफेर गरेको छ।
यस्तै, यसअघि तोकिएको मितिमा हुन नसकेको जिल्ला फुटबल संघहरूको निर्वाचन आगामी वैशाख १ देखि १० गतेसम्म गर्ने एन्फाले निर्णय गरेको छ।
यस्तै, बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ। एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ।
नेपाल सुपर लिग (एनएसएल) को विवादको विषयमा अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।