काठमाडौं– इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ।
बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रान्सेली प्रतिद्वन्द्वी लिललाई २–१ गोल अन्तरले हराउँदै तथा साविक विजेता चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो। समग्रमा चेल्सीले ४–१ को जित निकाल्यो। पहिलो लेगमा चेल्सी २–०ले विजयी बनेको थियो।
खेलमा सुरुआती अग्रता भने घरेलु टोली लिलले बनाएको थियो। खेलको ३८औं मिनेटमा बुराक यिलमाजले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ७१औं मिनेटमा सिजर एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।