फाइल तस्बिर
काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेड र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा वीरगञ्ज र चर्च ब्वाइजले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। वीरगञ्जका लागि अनिश चौधरीले गोल गरेका थिए भने चर्च ब्वाइजका लागि योगेश गुरुङले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियोे। ७७औं मिनेटमा योगेशको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । तर, ८५औं मिनेटमा अनिशले गोल गर्दै वीरगञ्जलाई खेलमा फर्किए। बाँकी समय दुवै टोलीबाट गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको थियो।
बराबरीसँगै वीरगञ्जले एक जित एक हारसहित ६ अंक जोडेको छ। वीरग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।