काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ।
मंगलबार राति भएको अन्तिम १६ अन्तर्गतकफ दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले ४१ औं मिनेटमा निर्णायक गोल गरे।
पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए। तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेड पराजित भएको हो।
जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ। दोस्रो लेगमा आयाक्सलाई पारजित गरेको पोर्चुगिज क्लब बेन्फिका समग्रमा ३-२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।