• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अब के हुन्छ प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव?

64x64
बीपी अनमोल मंगलबार, चैत १, २०७८  २०:१८
1140x725

काठमाडौं– सरकारले संघीय संसद्‌को जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रक्रिया पनि लम्बिने भएको छ।

सत्ता गठबन्धनका दलहरुले संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता गर्ने र उनलाई अदालतबाहिर राखिरहन प्रक्रिया लम्ब्याउने रणनीति बनाएको आरोप लागिरहेकै बेला अधिवेशन अन्त्यको निर्णयले त्यो आरोपलाई थप बल पुर्याएको छ। 

प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत भएको महाभियोग प्रस्तावमाथि बुधबार बस्ने बैठकमा छलफल हुने तय थियो। तर, त्यसको एक दिन अघि (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद्‌ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌ अधिवेशन अन्त्य गरेसँगै महाअभियोगको प्रक्रिया लम्बिने भएको हो।

बैठकमा सैद्धान्तिक छलफलपछि यो प्रस्ताव प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा जानुपर्ने हुन्थ्यो। तर, अब त्यो प्रक्रिया नै रोकिएको छ। 

मंगलबार रातिदेखि अन्त्य गरिएको संसद्‌ अधिवेशन अब स्थानीय तहको निर्वाचनपछि बजेट ल्याउनु अघि मात्र (बजेट अधिवेशन) आह्वान हुने सम्भावना छ।

नेकपा एमालेका सांसद एवम् प्रतिनिधि सभाद्वारा गठित महाभियोग सिफारिस समितिका सदस्य कृष्णभक्त पोखरेलले महाअभियोग सिफारिस समितिमा नपठाइ संसद्‌को अधिवेशन अन्त्य गर्नुले सत्ता गठबन्धनले महाअभियोगको विषयलाई लम्ब्याउन खोजेको प्रष्ट भएको बताए। 

‘संसद्‌ले महाअभियोग सिफारिस समितिलाई काम अघि बढाउन भने मात्रै गर्ने हो। अब नपठाएसम्म त हाम्रो समितिले काम नै गर्न सक्ने कुरा भएन,’ उनले भने, ‘यो भनेको महाअभियोगको प्रक्रियालाई धकेल्ने र अदालतमा आफ्नो प्रभाव जमाइराख्ने नियत देखियो।’

समितिले आफूलाई सदनले प्रस्ताव पारित गर्दै जिम्मेवारी दिएको बढीमा ३ महिनामा अनुसन्धान सिध्याउनुपर्ने हुन्छ। संसद्‌को दुई तिहाइ बहुमतले प्रधानन्यायाधीशविरूद्ध दर्ता गरिएको महाअभियोग पारित गर्नुपर्ने संविधानमा व्यवस्था  छ। तर, अहिले सत्ता गठबन्धनमा रहेका दलहरुसँग महाअभियोग पारित गर्नका लागि आवश्यक दुई तिहाइ बहुमत पुग्दैन। यो अवस्थामा महाभियोग प्रक्रिया अघि बढाउँदा प्रस्ताव पारित नहुने र प्रधानन्यायाधीश राणा पुनः अदालत फर्कने सम्भावना हुन्थ्यो। त्यही कारण संसद्‌ अधिवेशन अन्त्य गरेर समय लम्ब्याउन खोजेको देखिएको प्रतिपक्षी दलको आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘भोलि छलफल अघि बढाउने भन्ने तय थियो। तर, एकाएक अधिवेशन अन्त्य गरियो,’ पोखरेल भन्छन्, ‘अदालतलाई निश्चित सेटिङमा राख्ने र आफ्नो स्वार्थअनुरुप सञ्चालन गर्ने नियत सत्ता गठबन्धनको देखियो।’

उनले सरकारले प्रक्रिया नै अवरुद्ध गरेर संविधान र कानुन विपरित काम गरेको आरोप लगाए।

संसद्‌ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे महाअभियोग अब संसद्‌को विषय भएको र अर्को बैठक बसेपछि मात्रै प्रक्रिया अघि बढ्ने बताउँछन्।

‘समितिमा आउनै नपाएकाले छलफल हुने कुरा नै भएन,’ उनले भने, ‘अब जहिले संसद्‌को बैठक आह्वान भएर बैठक बस्छ, त्यसपछि मात्रै प्रक्रिया अघि बढ्छ।’

Xtrem

Xtrem

प्रधानन्यायाधीश राणाविरुद्ध फागुन ११ गते सत्तारुढ दलका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग प्रस्ताव दर्ता भएपछि राणा स्वतः निलम्बनमा परेका छन्। फागुन २२ गते बसेको प्रतिनिधि सभा बैठकले राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।

समिति सदस्य रेखा शर्माले अब संसद्‌को अर्को अधिवेशन आह्वान भएपछि प्रक्रिया अघि बढ्ने बताइन्। ‘लम्ब्याउन खोजिएको होइन, संसद्‌ सहज रुपमा चल्नै सकेको थिएन,’ उनले भनिन्, ‘अब संसद्‌को अर्को बैठक आह्वान भएपछि त प्रक्रिया अघि बढिहाल्छ नि।’

महाअभियोग प्रक्रिया अघि बढाउन संसद्‌मा अवरोध गरिरहेको नेकपा (एमाले)सहितका दललाई समेटेर छानबिन तथा सिफारिस समिति गठन गरिएको हो। समितिमा संसद्‌ अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष एमालेका तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। नेपाली कांग्रेसका तर्फबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ तथा जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्।

के छ नियमावलीमा व्यवस्था?
प्रतिनिधि सभा नियमावलीको नियम १६१ अनुसार प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न समिति गठन भएको हो। नेपालको संविधानको धारा १०१ अनुसार महाअभियोगको प्रस्ताव पेस गर्ने आधार र कारण विद्यमान भए वा नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि उक्त समिति गठन हुने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ।

समितिले छानबिन गरेपछि नियम १६६ अनुसार ‘महाअभियोग सिफारिस समितिको प्रतिवेदन स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकमा पेस हुनेछ। प्रतिनिधि सभाले त्यसलाई दुईतिहाइ बहुमतले पारित गर्नुपर्छ। यसरी महाअभियोगको प्रस्ताव पारित भए प्रधानन्यायाधीश राणा पदमुक्त हुनेछन्। त्यसपछि उनीमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान गरी मुद्दा दायर हुनसक्छ।

महाभियोग सिफारिस समितिको कार्यविधि पनि नियमावलीमा तोकिएको छ। नियमावलीको नियम १६३ मा महाअभियोगको प्रस्ताव प्राप्त भएपछि सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने उल्लेख छ। नियमावलीअनुसार महाभियोग दर्ता भएको सात दिनभित्र प्रधानन्यायाधीशलाई आरोपबारे सफाइ पेस गर्ने मौका दिनुपर्छ। सफाइ सन्तोषजनक नभए वा तोकिएको म्यादभित्र त्यस्तो पदाधिकारी आफैँ उपस्थित भइ सफाइ पेस नगरे समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनसमक्ष पेस गर्छ।

प्रतिनिधि सभा नियमावलीको नियम १६१ को उपनियम ४ मा महाअभियोग सिफारिस समितिले आफ्नो कारबाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ। समितिको पहिलो बैठक बसेको मितिदेखि तीन महिनामा राणाविरुद्धको महाअभियोगबारे प्रतिनिधि सभामा प्रतिवेदन दिनुपर्छ।

समितिले दिएको प्रतिवेदन नियम १६४ अनुसार संसद्‌मा प्रवेश हुन्छ। संसद्‌मा पेस भएपछि सभामुखले दुई दिनअघि नै सांसदहरुलाई जानकारी दिँदै छलफलमा लैजान्छन्। सुरुमा ‘प्रतिवेदनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने छ। बहुमतले उक्त प्रस्ताव स्वीकार भएपछि छलफलका लागि अघि बढ्नेछ।

प्रतिवेदनमा थप संशोधन आएमा त्यसलाई फेरि ‘समितिमा पठाइयोस्’ भन्ने प्रस्तावमा मतदान हुनेछ। उक्त प्रस्ताव स्वीकृत भए पुनः समितिमै जानेछ। यदि, उक्त प्रस्ताव अस्वीकृत भए संसद्‌मा छलफलका लागि अघि बढ्ने छ। तर, फेरि समितिमा गए सात दिनभित्र प्रतिवेदन संसद्‌ बैठकमा पेस गर्नुपर्ने छ। यी सबै प्रक्रिया पूरा भएपछि पारित गर्ने प्रक्रिया सुरु हुन्छ।

प्रतिनिधि सभा नियमावलीको नियम १६६ अनुसार महाभियोगको प्रस्तावमा दस्तखत सहितको मत विभाजन हुन्छ। प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्यको दुईतिहाइले महाभियोगको प्रस्तावको पक्षमा मत हाले प्रधानन्यायाधीश राणा पदमुक्त हुनेछन्। तर, दुईतिहाइ मत नपुगेमा महाअभियोग प्रस्ताव असफल हुनेछ। त्यसपछि उनी पुनः सर्वोच्च फर्कने छन्। 

प्रधानन्यायाधीश राणाको कार्यकाल आगामी मंसिरसम्म बाँकी छ। उनी अवकाश हुनुअघि नै महाभियोग प्रस्ताव टुंगो लागिसक्ने छ। 

यस्तो छ प्रतिनिधि सभाको अंकगणित
प्रतिनिधि सभा २७५ सदस्यीय भए पनि माओवादी केन्द्रका ४ सांसद् पदमुक्त भएका छन्। त्यसैले अहिले प्रतिनिधि सभामा २७१ सांसद छन्। तीमध्ये पाँच सांसद निलम्बित छन्। उनीहरूबाहेक हाल कायम भएका २६६ सांसदले मात्रै बैठकमा सहभागी हुन पाउँछन्। तीमध्ये एकजना सभामुख छन्। उनले पनि सामान्य अवस्थामा मत दिँदैनन्।

प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्या २७१ को दुईतिहाइ अर्थात् १८१ जना सांसद् महाभियोग प्रस्तावको पक्षमा उभिए मात्रै सो प्रस्ताव पारित हुनसक्छ। प्रतिनिधि सभामा एमालेका ९८ (एकजना निलम्बित), नेपाली कांग्रेसका ६३ (त्यसमध्ये दुईजना निलम्बित), माओवादी केन्द्रका ४९ (त्यसमध्ये एकजना सभामुख), एकीकृत समाजवादीका २३, जनता समाजवादीका २० (त्यसमध्ये एकजना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टीका १४ (त्यसमध्ये एकजना निलम्बित), राष्ट्रिय जनमोर्चाका एक, नेमकिपाका एक, राप्रपाका एक र स्वतन्त्र (छक्कबहादुर लामा) एक जना छन्।

महाभियोग प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र (स्वतन्त्र) छक्कबहादुर लामासहितका सांसद्हरुले हस्ताक्षर गरेका छन्। त्यसबाहेक सोमप्रसाद पाण्डेले पनि पक्षमा हस्ताक्षर गरेका छन्। त्यसैले महाभियोगको पक्षमा १३४ सांसद् मात्रै छन्।

प्रतिनिधि सभामा जसपा, लोसपा, राजमो, नेमकिपा, राप्रपालगायत दल भए पनि उनहरू निर्णायक छैनन्। एमालेबाहेक अन्य सबै दलहरू प्रस्तावको पक्षमा उभिए पनि सो मत १७० मात्रै पुग्छ। त्यसैले एमाले महाभियोगको पक्षमा नउभिँदासम्म महाभियोग पारित हुनसक्दैन। 

के छ संविधानमा व्यवस्था? 
नेपालको संविधानको धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नसक्ने व्यवस्था छ। उक्त उपधारामा महाभियोग लगाउन सकिने पाँच वटा आधार उल्लेख  छ। 

पहिलो आधारमा संविधान र कानुनको गम्भीर उल्लंघन गरेमा, दोस्रो आधारमा कार्यक्षमताको अभाव, तेस्रो आधारमा खराब आचरण भएमा महाभियोग लगाउन सक्ने उल्लेख छ। त्यसैगरी, चौथो आधारमा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेकफ र पाचौं आधारमा आचारसंहिताको गम्भीर उल्लंघन गरे महाभियोग लगाउन सकिने उक्त उपधारामा उल्लेख छ। 

‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संस्याको एकचौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन्,’ संविधानको धारा १०१ को उपधारा २ मा लेखिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाए... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्