काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। लिगको शीर्षस्थानमा रहेको सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो।
क्रिस्टल प्यालेसको मैदानमा सिटीले टोलीमाथि लगातार दवाव सिर्जना गरे पनि फिनिसिङमा चुक्दा बराबरीमा रोकियो।
बराबरीसँगै सिटीले शीर्षस्थानमा थप अग्रता बढाउने अवसर गुमाएको छ। सिटीको २९ खेलबाट ७० अंक पुगेको छ। एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ।
पराजित क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।