काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले जित हात पारेकोे छ। आइतबार राति सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले गोल गरे। खेलको ११ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २–० गोलको जित दिलाए।
जितसँगै २६ खेलमा ५१ अंक जोडेको आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ। पराजित लेस्टर ३३ अंक जोडेर १२ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।