काठमाडौं– क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत सम्पन्न खेलमा सानदार जित निकालेको छ। आइतबार राति घरेलु मैदान नोउक्यापमा सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो।
बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक/एक गोल गरे।
यो जितसँगै २७ खेलबाट ५१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा पुगेको छ। समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ।
बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले तथा दोस्रो स्थानको सेभियाभन्दा ५ अंकले पछि छ। पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा यथावत् रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।