काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले सहज जित निकालेको छ। शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा दिलाउन लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरे।
खेलको १९ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।
जितसँगै लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६६ अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ६९ अंक छ।
पराजित ब्राइटन ३३ अंक जोडेर १३औं स्थान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।