काठमाडौं- घरेलु टोली झापा ११ फुटबल क्लबले पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्ने भएको छ।
बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार सम्पन्न खेलमा ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो। झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरे।
दोस्रो सेमिफाइनलको १६औं मिनेटमा विमलले गोल गरेका थिए। उनैले अर्को गोल ५७ औं मिनेटमा गरे।
झापा ११ ले फाइनलमा आर्मीको सामना गर्नेछ। सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।