काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ। शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलको सुरुआतमा नै एट्लेटिकोले अग्रता बनाएको छ।
खेलको ४५ औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। तर, खेलको ६८ औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए।
यस्तै खेलको ८८ औं मिनेटमा जाभी सेरानोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो।जितसँगै एट्लेटिकोले २८ खेलमा ५१ अंक जोडेको छ। एट्लेटिको तेस्रो स्थानमा रहेको छ।
काडिज २४ अंक जोडेर १८ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।